काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ बढि भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो । बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।