काठमाडाैं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले पार्टी खोलेका छन्।
बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन्। बिहाबार निर्वाचन आयोगले उक्त पार्टी दर्ता गरेको हो। पार्टीको अध्यक्ष भने दिनेश प्रसाइँलाई राखिएको छ। बस्नेत सदस्य मात्रै छन्।
पार्टीको महासचिव पियुस कायस्थ महासचिव छन्। पार्टीको आह्वानपत्रमा पार्टी पदाधिकारी चुनाव लड्न नपाउने भनिएको छ। त्यसकारण पनि बस्नेतलाई सदस्य मात्रै राखिएको उनी निकट स्रोतले जनाएको छ। निर्वाचन आयोगले बिहीबार नै उक्त पार्टीलाई चुनाव चिह्न ‘दीपज्योति’ प्रदान गरेको छ।
पार्टीले प्रस्तुत गरेको आह्वानपत्रमा पार्टीले तय गरेको केही प्राबधानहरू पनि उल्लेख गरिएको छ। जसमा एक पदका लागि दुई कार्यकालदेखि सार्वजनिक पदमा दुई कार्यकाल मात्रै प्रतिनिधित्व गर्ने लगायत यी प्राबधान रहने उल्लेख छ। Laxmi bank १. पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने ।
२. पार्टीको जुनसुकै कार्यसमितिको पदमा सो¥ह वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने । Ncell ३. पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने ।
४. सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने ।
५. पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने ।
६. निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने ।
७.पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने ।