शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

कहिले पूरा होला अमेरिकी साम्राज्य विस्तारको चाहना ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिकाले हालै अफगानिस्तानस्थित बगराम एयरबेस लिन चाहेको सार्वजनिक भएको छ । अफगानिस्तानमा तालिवानको संघर्षताका अमेरिकी सैनिक त्यहाँ तैनाथ थिए । पछि तालिवान सरकारमा आएपछि अमेरिकाले आफ्नो सेना पनि फिर्ता बोलाएको थियो । अमेरिकाले आफू त्यहाँ रहँदा बगराम एयरबेस निर्माण गरेको र आफूलाई फिर्ता नदिए नराम्रो हुने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

एउटा एयरबेसमा अमेरिकाको किन यति धेरै चासो त ? अहिले विश्वमा दुई शक्तिराष्ट्रको प्रतिस्पर्धा छ । एकातर्फ अमेरिका छ, जो आफू विश्वकै शक्तिशाली राष्ट्र हो भन्ने विरासत कायम गर्न चाहन्छ, अमेरिकाको साथमा पश्चिमा देशहरु केही पश्चिम एसियाका देशहरु छन् । अर्कोतर्फ उदाउँदो शक्ति चीन छ, जो अमेरिकाको प्रभुत्व तोड्ने प्रयासमा छ । चीनको साथमा पनि रुस, उत्तर कोरियालगायत देशहरु छन् । एसिया होस् वा युरोप, वा दक्षिण अमेरिका र अफ्रिका, सबैतिर अमेरिका र चीन नै आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा छन् । यो द्वन्द्वको असर भने अन्य राष्ट्रमा परिरहेको देखिन्छ । केही वर्षयता रुस र युक्रेन युद्ध चलिरहेको छ । अमेरिका तथा पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोमा युक्रेन सहभागी हुन खोज्दा यो युद्ध चर्किएको हो । आफ्नो सीमा क्षेत्रमा नै नेटो आइपुग्ने भएपछि रुसले पनि प्रतिकार गरेको छ ।

विश्व राजनीतिको द्वन्द्वको असर भने अफगानिस्तानजस्ता देशहरुले पनि भोग्नुपरिरहेको छ । अफगानिस्तानको सन्दर्भमा, अमेरिकाले बगराम एयरबेस लिन चाहनुको कारण हो त्यो स्थानबाट एक घण्टाको दूरीमा चीनको आणविक हतियार निर्माण हुने स्थल । पछिल्ला दुई दशकमा तीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्पले यसको भ्रमण गरिसकेकाले पनि यस अड्डाको महत्व बुझ्न सकिन्छ । सन् २०११ मा जो बाइडन उपराष्ट्रपति हुँदा बगराम भ्रमण गरेका थिए । बगराम एयरबेसबाट चीन, इरान, पाकिस्तान, भारत सहित मध्य एशियाली देशहरूसम्म सजिलै हवाई पहुँच पु¥याउन सकिन्छ । विशेषज्ञहरूका अनुसार यो एयरबेस दक्षिण एसिया, मध्य एशिया र पश्चिम एशियाबीचको ‘रणनीतिक केन्द्र’ हो । अमेरिकाका लागि यो स्थान चीन र रुसको प्रभाव क्षेत्र निगरानीका दृष्टिले अत्यन्त उपयोगी मानिन्छ । ‘एयर क्यालकुलेटर’ वेबसाइटका अनुसार, यो एयरबेसबाट तेहरानको हवाई दूरी करिब १ हजार ६४४ किलोमिटर छ । तेहरान अहिले अमेरिकासँग आणविक कार्यक्रमको विवादमा छ ।

यही कारण अमेरिकाले बगराम एयरबेसका कारण एसियाको यो क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउन चाहिरहेको छ । तर, अफगानिस्तानसँगै चीन, भारतलगायत देशहरुले भने अफगानिस्तानको सार्वभौमसत्तामा जोड दिएका छन् भने अमेरिकी रणनीतिको विरोध गरेको छ । नेपालमा पनि विदेशी शक्तिहरुको चलखेल बढिरहेको बेला सरकारले आफ्नो सार्वभौमसत्ताको हितलाई हेर्न जरुरी छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

६० मिनेट अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक