काठमाडौं । काभ्रे, पनौती नगरपालिका-९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले संचालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बिर बहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेन्द्र विष्ट समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।