शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रसङ्घको मानवीय सहायता अभियान तीव्र

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

संयुक्त राष्ट्रसङ्घ । गाजा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता अभियान तीव्र रुपमा अघि बढिरहेको छ । मार्च महिनापछि पहिलो पटक पकाउने ग्यास गाजामा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) ले जानकारी दिएको छ ।

प्राप्त विवरणअनुसार, विस्थापित परिवारहरूका लागि आवश्यक परेका थप पाल, ताजा फलफूल, पिठो तथा औषधी आइतबारभरि गाजामा आपूर्ति गरिएको छ ।संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले गाजाको उत्तर र दक्षिण क्षेत्रभरि लाखौँ तातो खाना तथा रोटी वितरण गरिरहेका छन् ।

ओसीएचाले जनाएअनुसार, इजरायली अधिकारीहरूबाट थप राहत सामग्री पठाउन आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । यसअनुसार करिब एक लाख ९० हजार मेट्रिक टन खाद्यान्न, औषधी, आश्रय सामग्री लगायतका आवश्यक वस्तुहरू आपूर्तिको तयारीमा छन् ।

ओसीएचाले भनेको छ,“यो सहयोग अभियानको सुरुआत मात्र हो ।” युद्धविरामको पहिलो ६० दिनभित्र गाजाभर जीवनरक्षक सेवा तथा सामग्री पु¥याउने उद्देश्यले सहायता कार्यलाई विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता तथा आपतकालीन राहत समन्वयकर्ता टम फ्लेचरले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै भने,“हामीले पहिलो ६० दिनको अवधिमा दैनिक सयौं ट्रकमार्फत करिब एक लाख ७० हजार मेट्रिक टन राहत सामग्री खाद्य वस्तु, औषधी तथा अन्य आवश्यक सामग्री गाजामा पु¥याउने तयारी गरिरहेका छौं ।”

उनका अनुसार, यो अभियान अन्तर्गत करिब २१ लाख जनतालाई खाद्य सहायता, पाँच लाख जनालाई पोषण सेवा, १४ लाख जनालाई पानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ । साथै, आश्रयका लागि व्यापक स्तरमा पाल तथा सामग्रीको व्यवस्था गरिनेछ भने करिब सात लाख स्कूले बालबालिकाका लागि अस्थायी शिक्षण केन्द्र पुनः सञ्चालन गरिने योजना रहेको छ ।

गाजामा युद्धविरामको सम्झौता इजरायल र हमासबीच गत शुक्रबारदेखि लागू भएको हो । सो सम्झौता इजिप्टको शार्म एल–शेखमा तीन दिनसम्म चलेको वार्तापछि सम्पन्न भएको हो, जसमा इजिप्ट, कतार, टर्कीए र संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरेका थिए ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

४ घण्टा अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

जसपाकाे चुनावी घोषणापत्र सार्वजनिक

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक