शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
Reading Time: 1 mins read
0
अवैध लागूऔषधसहित ६ जना पक्राउ

drug case prisoner with narcotic and syringe

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

संखुवासभा, मकालु गाउँपालिका-५ नुमबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २८ ग्राम  र डिजिटल तराजु १ थान सहित भोटखोला गाउँपालिका-४ बस्ने २८ वर्षीय सुरेश तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको को.१ ज ३१६९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा चालकको सिट मुनि लुकाईछिपाई राखेको उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० त्रिवेणी चोक बस्ने एलिस भन्ने प्रेम खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४९ ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ पुरानो चोहर्वा बस्ने २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी बस्ने २४ वर्षीय बिष्णु देव यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलचक्ररबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ३०२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रौतहट, गुजरा नगरपालिका-२ कटानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरूङ र सिन्धुली मरिण गाउँपालिका-५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, कटारी नगरपलिका-३ कान्छीबजारबाट नियन्त्रित लागूऔषध स्पास्मो १४ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रत्नलाल गिरी, सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बिजय तामाङ र २० वर्षीय अर्जुन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

झापा, दमक नगरपालिका-३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नम्बर ३५३ बस्ने साजन थापा समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी आठै जनालाई पक्राउ गरेको हो ।

दैलेख, डुङ्गेश्वर गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित नारायण नगरपालिका-७ बस्ने १९ वर्षीय उदय बहादुर बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी चुप्राबाट खटिएको प्रहरीले सुर्खेतबाट दैलेख बजारतर्फ आउँदै गरेको बा. प्र ०१-०३२ ज ७५८८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक २ सय २० ट्याब्लेट र स्पास्मो ५० ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय निश्चल चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खुनियाधार बकुलाचापबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-०५० प ३८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट र डाइक्लोमाइन २ हजार ५ सय १० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ गुम्बा लाईन बस्ने १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२८ प २४१० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

यो पनि पढ्नुहोस्

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

६ मिनेट अगाडि
पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

नेपालले आज सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दै

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक