रौतहट । गौर नगरपालिका-१ कानुपट्टीस्थित पानी जमेको खाल्डोमा डुबेर ३ जना बालिकाहरूको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनहरूमा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर टोल बस्ने ईन्दल बैठाकी छोरी १३ वर्षीया आस्था कुमारी बैठा, नवल यादवकी छोरी १५ वर्षीया राघनी कुमारी यादव र रूपा बैठाकी छोरी १५ वर्षीया मौसमी कुमारी बैठा रहेका छन् ।
डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएकोमा तीनै जनाको उपचारको क्रमममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


