मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निगमको ग्वान्झाउ उडान स्थगित

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
निगमको ग्वान्झाउ उडान स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौंमा भारतीय वायुसेवा कम्पनीहरूले दैनिक १० उडान गर्छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दिल्लीका लागि दुई वर्षअघिसम्म दैनिक दुई उडान गर्ने गरेकोमा अहिले एउटा मात्रै गर्छ ।

कतारको कतार एयरवेजले काठमाडौंका लागि दैनिक तीन उडान गर्छ । तर, निगमले कतारको दोहाका लागि सातामा पाँच मात्रै उडान गर्छ, अर्थात् दिनको एउटा पनि छैन ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि त्यस्तै अवस्था छ । त्यहाँको फ्लाई दुबईले दुबईबाट काठमाडौंका लागि दैनिक चार उडान गर्छ । अर्को एयर अरेबियाले सारजहाँबाट काठमाडौंका लागि दैनिक तीना र अबुधाबीबाट दुइटा उडान गर्छ । जबकि, निगमले सातामा चारमात्र उडान गर्छ ।

अत्यन्तै ठूलो यात्रु चाप भएका नाफाका केही रुट हुन् यी । यस्ता रुटको उडान काटेर निगमले चीनको ग्वान्झाउमा २५ सेप्टेम्बरदेखि उडान सुुरु गरेको थियो ।

तर, त्यसको एक महिना पनि नपुग्दै यात्रु अभावमा ग्वान्झाउ उडान नै स्थगित गर्नुपर्ने अवस्थामा निगम पुगेको छ ।

निगमले १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज ‘ए३२०–२००’ ले ग्वान्झाउ उडान गर्दै आएको छ । तर, ग्वान्झाउ जाने यात्रु एक जना मात्रै र फर्कने आठ जना भएपछि निगमले १८ अक्टोबरमा जाने र १९ मा फर्कने गरी तय गरेको उडान नै स्थगित गरेको निगम स्रोतले जानकारी दियो ।

त्यतिमात्र होइन, अहिलेसम्म नियमित उडान तालिका नै नबनाइ निगमले लापरबाहीपूर्वक ग्वान्झाउमा उडान गर्दै आएको छ । त्यसरी गरेका कुनै पनि उडानमा पर्याप्त यात्रु छैनन् ।

निगमले ग्वान्झाउका लागि २५ सेप्टेम्बरमा पहिलो उडान गर्ने तयारी गरेको थियो । तर, चीनबाट उडान योजना (फ्लाइट प्लान) नै स्वीकृत नगराइ उड्न लागेको जहाज अन्तिम समयमा उडेन ।

त्यसको २४ घण्टापछि मात्रै जहाज चीन गयो । २६ तारिखमा गएको जहाजमा यताबाट चीन जाने जम्मा १४ यात्रु थिए, उनीहरू सबै निगमकै कर्मचारी थिए ।

दशैंअघिकै समयमा पनि आउने यात्रु जम्मा १ सय ३ जना थिए । त्यसपछि निगमको जहाज २८ सेप्टेम्बरमा ग्वान्झाउ गयो, जसमा ९ यात्रु थिए । २९ तारिखमा फर्केको जहाजमा १ सय २० यात्रु थिए ।

निगमले ग्वान्झाउका लागि तेस्रो उडान १६ अक्टोबरका लागि तय गरेको छ, जुन जहाज १७ तारिखमा फर्कने योजना छ ।

तर, त्यो उडानमा पनि जान ४८ र फर्कन ६२ जनाले टिकट बुक गरेको निगम स्रोतले जानकारी दियो ।

जाने एक जना र फर्कने ८ जना मात्रै यात्रु हुने भएपछि चौथो उडान अर्थात् १८ र १९ अक्टोबरका लागि तालिकामा भएको उडान नै रद्द गरिएको निगम स्रोतको भनाइ छ ।

‘नाफाका रुटमा पर्याप्त उडान नगरेर निगम अध्यक्ष युवराज अधिकारीले नेता र सरकारी कर्मचारी खुसी पार्न ग्वान्झाउमा उडान थालेका थिए,’ स्रोतले भन्यो, ‘त्यो रुटमा उडान गर्दा निगमको न कुनै व्यावसायिक योजना बनेको थियो, न नाफा नै हुने अवस्था छ ।’

परराष्ट्र मन्त्रालय तथा पर्यटन मन्त्रालयले ग्वान्झाउ उडान गर्न भनेपछि निगम अध्यक्ष अधिकारीले तत्कालीन राजनीतिक नेतृत्वलाई खुसी पार्न ग्वान्झाउ उडान थालेका थिए । तर, निगम कर्मचारीले भने नाफा नहुने सेक्टरमा उडान गर्न नहुने भन्दै विरोध गरेका थिए ।

चीनको बजार रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण भएकाले मन्त्रालयले चीन उडान गर्न भनेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

‘व्यावसायिक विश्लेषण गर्ने जिम्मा निगमकै हो, हामीले चीनको ग्वान्झाउ महत्त्वपूर्ण गन्तव्य भएकाले गर्न भनेका हौं,’ उनले भने ।

सरकारलाई खुसी पार्न ग्वान्झाउ उडान थालेको निगमले उद्घाटन उडानदेखि नै लापरबाही गरेको थियो ।

२५ तारिख राति साढे १० बजे उद्घाटन उडान तालिका बनाएको निगमको उडान २४ घण्टापछि मात्रै उडेको थियो । प्रवद्र्धनात्मक भनिएको त्यो उडानमा तामझाम साथ करिब तीन दर्जन व्यक्तिलाई निगमले आफ्नै खर्चमा लैजाँदै पनि थियो । त्यसबाहेक केही यात्रु पनि निगमको जहाज चढेर ग्वान्झाउ जाँदै थिए ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

३८ मिनेट अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

४३ मिनेट अगाडि

तर, बोर्डिङ पाससमेत लिइसकेपछि अवतरण गर्न चाहिने उडान योजना त स्वीकृत नै नभएको पाइएपछि उडान सरेको थियो । २६ तारिख राति साढे १० बजेमात्रै त्यो उडान भएको थियो ।

उडान योजना स्वीकृत नगराइ विमानस्थलमा अवतरण नै गर्न मिल्दैन, अर्थात् उडान र अवतरणका लागि स्लट नै प्राप्त हुँदैन । प्रवद्र्धनात्मक भनिएको पहिलो उडानकै लागि फ्लाइट प्लान स्वीकृत नगराइ टिकट बेचेर निगमले अन्तर्राष्ट्रिय रूपमा देशको बेइज्जत गरेको थियो ।

निगमले पहिलो उडानमै यसरी यात्रु अलपत्र पारेपछि उसप्रतिको विश्वास घटेको र त्यसको प्रभाव अन्य उडानमा परेको निगम स्रोत बताउँछ ।

‘नयाँ ठाउँमा उडान गर्नुअघि खासमा व्यापारको सम्भावना छ कि छैन, नियमित उडान गर्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्नेमा निगमले अरू नै कुरा हेर्ने गरेको छ,’ सम्बद्ध अधिकारीले भने, ‘पहिलो, त्यस ठाउँमा टिकट बिक्रीका लागि तोकिने जीएसए नियुक्तिमा आर्थिक चलखेल गर्ने र दोस्रो, त्यो स्टेसनमा नयाँ कर्मचारी पठाउन पाइने अवसर ।’

यसरी हरेक पटक निगम स्रोत दुरुपयोग हुने गरी गरिने कार्यले निगमलाई नै धराशायी बनाउने ती अधिकारी बताउँछन् ।

यस विषयमा बुझ्न खोज्दा निगमका प्रवक्ता सुवास डाँगीसँग सम्पर्क हुन सकेन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक