मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले स्वीकृत मापदण्डविपरीत बहालवाला र पूर्वपदाधिकारी (पूर्वभिआइपी तथा भिभिआइपी) का नाममा अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा यही असोज २३ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओलीको सुरक्षार्थ खटाइएका ४५ जना सुरक्षाकर्मीमध्ये २७ जना र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षार्थ खटाइएका ५२ जनामध्ये ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता भएका थिए ।

सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधि–२०७७’ अनुसार पूर्वराष्ट्रपतिदेखि पूर्वपदाधिकारी/पूर्वमन्त्रीसहितको सुरक्षार्थ सुरक्षाकर्मी खटाउँदै आएको थियो । सुरक्षा व्यवस्था कार्यविधिमा पूर्वप्रधानमन्त्रीको सुरक्षार्थ बढीमा १८ जना सुरक्षाकर्मी खटाउने व्यवस्था छ ।

यस्तो सुविधालाई कतिपय बहालवाला तथा पूर्वउच्चपदस्थ अधिकारीले मनलाग्दी सुरक्षाकर्मी लिएर रवाफ देखाउने, घरको भान्छे, निजी चालकलगायत घरेलु कामदारका रूपमा दुरुपयोग गर्ने गरेको पनि पाइएको छ । गृह मन्त्रालयले अनधिकृत रूपमा सुरक्षाको नाममा मापदण्डविपरीत खटाइएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरी कार्यविधिले स्वीकृत गरेको सुरक्षाकर्मी मात्र खटाउने व्यवस्था गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । हालसम्म फिर्ता हुनेमा नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना छन् । फिर्ता गरिएका सुरक्षाकर्मी पूर्ववर्ती जिम्मेवारीमा खटाउने तयारी गरिएको छ ।

स्रोतका अनुसार विगतमा सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधिविपरीत करिब पाँच सय सुरक्षाकर्मी अनधिकृत रूपमा खटाइएको पाइएको छ । मापदण्डविपरीत अतिरिक्त सुविधा खोसिएपछि पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र ओलीको सुरक्षार्थ भन्दै पार्टीका भ्रातृ सङ्गठनबाट ठुलो सङ्ख्यामा स्वयंसेवक खटाउन थालिएको छ ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

२ घण्टा अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक