जेन्जी २.०का प्रवक्ता अविन लिम्बुले जेन्जीका नाममा विभिन्न राजदुतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेन्जीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।
लिम्बुले सार्वजनिक गरेको जेन्जी सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाईते योद्धा तथा सहिद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार निर्मुल तथा नियन्तरण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साह ।
जेन्जी २.०ले तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेर कानुनी दायरामा ल्याउनुपर्ने, भ्रष्टाचारमा सून्य सहनशीलता, जेन्जी पुस्ताहरु एक हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, एनजीयो तथा आइएन्जीयोहरु खारेज गर्नुपर्ने मुख्य मुद्धाहरु रहेको र सो पूरा नभए फागुन २१ गते घोषित निर्वाचन विथोल्ने जनाएको छ ।


