सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भियतनामविरुद्ध अंक जोड्ने नेपालकाे लक्ष्य

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
भियतनामविरुद्ध अंक जोड्ने नेपालकाे लक्ष्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्यसको अगाडि बुधबार भएको प्रि म्याच कन्फेरेन्समा मुख्य पशिक्षक रसले अंक जोड्ने लक्ष्य रहेको बताएका हुन् । ‘हामी यहाँ आउन पाउँदा धेरै उत्साहित छौं र हामी ३ अंकका लागि खेल्नेछौं, नभए कम्तीमा १ अंकका लागि’ रसको यस्तै दाबी छ ।

उनले यसअघि लाओस विरुद्ध निराशाजनक खेल भएको भन्दै यश पटक सुधार्ने प्रयास राखेका छन् । ‘लाओसविरुद्धको प्रदर्शन निराशाजनक थियो, त्यसलाई सुधार गर्ने प्रयासमा छौं। यी प्रतियोगिताहरू ती खेलाडीहरूले सपना देख्ने मंच हुन्, र टोलीलाई सुधार गर्नका लागि यो उत्कृष्ट अवसर हो’ उनले भने

‘हामीले टोलीको सम्भावना र मानसिकताका बारेमा कुरा गर्दै आएका छौँ, र आगामी दुई खेल टोलीले आफ्नो क्षमता प्रमाणित गर्ने उत्तम मौका हुन्। यदि हामी यी दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौँ भने, छनोटमा पुग्ने पूरा सम्भावना छ।’

यस्तै कप्तान किरण चेम्जोङले भियतनामसँग खेल्न उत्साहि रहेको बताएका छन् । ‘म भियतनाम टिमसँग खेल्न पाउँदा उत्साहित छु। पूरा टिमले यो अवसरका लागि तयारी गरिरहेको छ र हामी सकारात्मक नतिजा लिएर फर्कने प्रयास गर्नेछौं’ उनले भने, ‘मलाई थाहा छ भियतनामी आक्रमणकारीहरू धेरै राम्रो छन्, तर हामी खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं र उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौं।’

नेपालले २२ वर्षपछि भियतनाम विरुद्ध खेल्न लागेको हो र अहिलेसम्म जित हात पार्न सकेको छैन । यसअघि एसियन कप छनोटमा सन् २००३ मा नेपालले भियतनामसँग दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको थियो ।

फिफा वरियतामा भियतनाम ११४औं तथा नेपाल १७६औं स्थानमा छन् ।

दुई लशकपछि खेल्दा नेपालले नेपालले भियतनाम विरुद्ध अंक जोड्ने लक्ष्य राखेको हो । नेपाल यसअघिका दुई खेफमा मलेसिया र लाओससँग पराजित भइसकेको छ । भियतनामले भने लाओसलाई लाई हराउँदा मलेसियासँग पराजित भएको थियो ।

आजको खेलपछि नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।

नेपालको अन्तिम टोलीमा अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ समाेवश छन् ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

८ घण्टा अगाडि
नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक