काठमाडौं । संसद विघटनविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
संसद विघटन असंवैधानिक भएको भन्दै एमाले त्यसविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको हो ।
हाल एमालेमा संसद विघटन खारेज गर्दै प्रतिनिधि सभालाई पुनर्स्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च जाने तयारीबारे छलफल भइरहेको एमालेकै एक नेताले जनाएका छन् ।
संसद विघटनविरुद्ध एमालेले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
यसअघि असोज १२ गते बसेको पार्टीको सचिवालय बैठकमा पनि संसद विघटनविरुद्ध अदालत जाने विषयमा छलफल भएको थियो । हाल कुन दिन अदालत जाने ? भन्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल चलिरहेको पार्टीका एक नेताले पुष्टि गरेका छन् ।


