काठमाडौं । नेपाली महिला फुटबल टोलीले कात्तिकमा इरानसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डोअन्तर्गत २ खेल खेल्ने भएको हो जसमा ७ कात्तिक (२४ अक्टोबर)मा इरान तथा १० कात्तिक (२७ अक्टोबर)मा भारतसँग खेल हुनेछ ।
दुवै खेल भारतको शिलोङमा हुनेछ । नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । नेपालले एएफसी एसियन कप छनोट खेलेयता कुनै पनि खेलेको छैन ।


