कीर्तिपुर । तःननी दप्फा खलः आयोजक तथा जगतपाल महाविहारको सह आयोजकमा कीर्तिपुरको चर्चित नाच द्यः प्याखं (देवी नाच) सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ ।
नेवार समुदायकाे माेहनी चालं बिजयादशमी देखि तःननी आखं छेँबाट देवी नाच लँ प्याखं देखाएर कीर्तिपुरकाे द्याे ढाेकामा नाच देखाएपश्चात र बाघभैरव मन्दिर परिसर नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनमा नाच देखाउने गरिन्छ ।
कीर्तिपुरकाे जीवन्त संस्कृति बाेकेकाे याे नाच काेजाग्रत पुर्णिमाका अन्तिम दिनमा रूपमा नचाइने गरिन्छ ।
यस नाचमा इन्द्रायणी १ जना, ब्रम्हायणी १ भैरव १ जना ख्याः १ जना कवं १ जना, दागिनी १ जना तथा पाे २ जना गरि जम्मा ८ जना पात्रहरू रहेकाे हुन्छ ।
भिडियाे तलः लिंक गएर हेर्न सकिन्छ ।
इन्द्रायणी र ब्रम्ह्याणीकाे सामूहिक नाच्दै गरेकाे भिडियाे
ख्याककाे राेमान्चित नृत्य
देवी नाचकाे महत्वपूर्ण कवंकाे नृत्य


