आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मन्त्रिपरिषद्मा एक जना पनि महिला सहभागी गराउन नसक्नु प्रधानमन्त्री कार्कीको असफलता हो’ : प्रभु साह

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
‘मन्त्रिपरिषद्मा एक जना पनि महिला सहभागी गराउन नसक्नु प्रधानमन्त्री कार्कीको असफलता हो’ : प्रभु साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवाहरुको बलमा ऐतिहासिक जनक्रान्ति हुँदापनि वर्तमान सरकारले उत्सव मनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । उनले भने,‘युवाहरुको अदम्य साहसको कारण हाम्रो देशमा भर्खरै ऐतिहासिक जनक्रान्ति सफल भयो, तर त्यही आन्दोलनबाट नया सरकार बनेको छ । युवाहरुले जितेको बेलामा उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक भनेर आन्दोलनलाई नै बद्नाम गर्यो ।’

दशैं, दिपावली, छठ पर्वको अवसरमा आज रौतहटको गरूड़ा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले विश्वमा ठूला–ठूला राजनीतिक परिवर्तन र उथलपुथलमा बलिदानी हुने गरेको स्मरण गराउँदै नेपालमा पनि युवाहरुले आफ्नो जीवन बलिदानी दिएर परिवर्तन सम्भव तुल्याएको बताए । तर, जेन–जी पुस्ताको यो ऐतिहासिक जनक्रान्तिको भावनालाई कमजोर तुल्याउने काम गरिएकोमा साहको गुनासो छ ।

उनले भने,‘हरेक आन्दोलन र जनक्रान्तिमा बलिदानी हुन्छ, तर नेतृत्वमा पुगेकाहरुले त्यसको गौरवगाथा गाउनुपर्छ, पूरानो भत्काएर नयाँ बनाउन उत्सव, उर्जा र उमङ भर्नुपर्छ । आज त्यो देखिएन ।’
उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको सम्मान गर्न नसकेको आरोप लगाए । उनले भने,‘यो सरकारले जेन–जी आन्दोलनको सम्मान गर्न सकेको छैन, न त शहीदहरुको नै सम्मान गरेको छ । यसले केवल निराशा बाँडेको छ, आन्दोलनको विजय गाउनुको साटो शोक मनाएको छ ।’

फरक प्रसंगामा उनले अहिलेका युवाले खोजेको सशक्त, उर्जावान र गतिशिल युवा नेतृत्व भएपनि सत्ताको नेतृत्वमा पूरानै र पाकाहरुको हालिमुहाली देखिएको आरोप लगाए । उनले भने,‘पूराना पाका नेता हटाएर युवाले अहिलेको प्रधानमन्त्री जो ७० वर्ष कटेको नेतृत्व ल्याउन खोजेको हो र ? त्यो त पक्कै पनि होईन । तर, आज युवाहरुको बलिदानीमाथि खेलवाड भैरहेको छ ।’ उनले अहिलेको सरकारले आशा जगाउन नसकेको आरोप लगाए । सरकारमा युवाहरुको प्रतिनिधित्व नहुनु र अहिलेसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु नै प्रधानमन्त्री कार्कीको पहिलो असफलता भएको साहको आरोप छ ।

उनले भने,‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन ? के नेपालमा योग्य महिलाहरु छैनन् र ? एक महिना हुन लागिसक्यो अझै मन्त्रिपरिषद्ले पूर्णता पाएन ।’ साहले जेन–जी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे । देशभर रहेका ७६१ वटा सरकारमा एउटामात्रै सरकार र त्यसमा पनि अनुहारमात्र बदल्नको लागि जेन–जी पुस्ताले जनक्रान्ति नगरेको साहको जिकिर छ ।

उनले भने,‘देशमा भ्रष्टाचार माथिदेखि तलसम्मै छ । देशमा भएका ७६१ वटा सरकारको लुट र भ्रष्टाचारको विरोधमा युवाले आन्दोलन गरेका हुन् । अहिले त के भयो भने एउटा केन्द्रमा सरकार परिवर्तन गरियो, त्यसमा पनि आन्दोलन गर्ने एउटा उमेर समूहको हो, तर सत्तारोहण पूरानै र पाका अनुहारको भयो ।’

उनले अहिलेको संविधानमा टेकेर देशले कहिल्यैपनि निकास नपाउने ठोकुवा गरे । उनले अहिले देशमा विद्यमान समस्याको प्रमुख जरा नै संविधान भएकोले यसलाई खारेजी गरिनुपर्ने माग गरे । आफूले सुरुदेखि नै यो संविधानले देशलाई पार लगाउन नसक्ने ठोकुवा गरेर तेस्रो जनआन्दोलनको ऐलान गरेको पनि साहले स्मरण गराए । उनले मुलुकको निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान नै भएको जिकिर गरे ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

३ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक