शुक्र, साउन १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्।

उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनका पिता श्री अनन्त शाक्य, आमा श्रीमती प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन्।

आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छिन्। आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन्। तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो। कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पुर्‍याईयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।

कुमारीलाई हिन्दू देवी तलेजुको जीवित अवतार मानिन्छ। उनको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमा आधारित हुन्छ। यसमा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन्। राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा–बुवा दुवै जना काठमाडौंका स्थानीय शाक्य समुदायका हुनुपर्छ।

नवनियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्व दिइन्छ। परम्परा अनुसार, कुमारीमा ३२ गुण हुनु अनिवार्य छ—जसमा सुन्दरता, शारीरिक शुद्धता, शान्त स्वभाव, दैवी स्वरूपका विशेषताहरू, शरीरमा कुनै घाउ वा दाग नहुनु, सबै दाँत पूरा हुनु, र असामान्य निडरता देखाउनुपर्ने अपेक्षा रहन्छ।

आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दीपुरानो परम्परालाई निरन्तरता दिएको छ। राजकीय जीवित देवी कुमारीलाई हिन्दू तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन्।

यो पनि पढ्नुहोस्

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

११ घण्टा अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?

आज सुनको मूल्य बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

आज सुनको मूल्य बढ्याे

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक