मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनमा श्रम विभागका चार कार्यालयमा क्षति

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
जेनजी आन्दोलनमा श्रम विभागका चार कार्यालयमा क्षति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको छ ।

आन्दोलनका क्रममा भएको आगजानी तथा तोडफोडका क्रममा भएको क्षति संकलन गर्ने क्रममा विभाग अन्तर्गतका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको हो ।

११ वटा कार्यालयहरूमध्ये श्रम तथा रोजगार कार्यालयहरू भद्रपुर झापा, पोखरा कास्की, बुटवल, रुपन्देही र धनगढी कैलालीमा क्षति पुगेको हो ।

विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपका अनुसार झापा कार्यालयका २ थान मोटरसाइकल जलाइएको छ । त्यस्तै गाडीको सिसा फुटाइएको छ । अन्य विभिन्न सामग्रीहरूमा समेत तोडफोड गरिएको छ ।

त्यस्तै पोखरा कार्यालयका २ वटा मोटरसाइकल जलाइएको छ भने विभिन्न ४० भन्दा बढी सामग्री तोडफोड गरिएको छ । बुटवल र धनगढीमा ३/३ थान मोटरसाइकल जलाइएको छ । त्यो बाहेक एसी, टेलिफोन, फर्निचर, प्रिन्टर लगायतका सामग्रीमा समेत तोडफोड र आगजनी भएको रिपोर्ट आएको प्रवक्ता गोपले बताए ।

विभागले यसको पुनर्निर्माणका लागि सरकारको निर्णय कुरेर बसेको छ । दशैं–तिहारपछि सेवा प्रवाह र पुनर्निर्माणको कामलाई अघि बढाउनेगरी तयारी भइरहेको उनको भनाइ छ ।

तोडफोड र आगजानीपछि विभागले अनुगमनलाई समेत सुस्त बनाएको छ । कतिपय प्रतिष्ठान तथा उद्योगधन्दाहरूमा आगजानी तथा तोडफोड गरिएको थियो । जसले गर्दा त्यहाँ काम गर्ने श्रमिकहरू समेत समस्यामा परेका छन् ।

उक्त परिस्थितिलाई मध्यनजर गरेर विभाग तथा कार्यालयबाट हुने अनुगमन लगायतका कार्यलाई केही कम गरेको उनको भनाइ छ । ‘अहिले यस्तो जटिल परिस्थिति छ । यस्तो अवस्थामा हामीले अनुगमन गर्ने, कानुन कार्यान्वयमा कडाइ गर्न खोज्दा समस्या हुन्छ,’ गोपले भने, ‘उनीहरूलाई अर्को खालका मानसिक तनाव हुन्छ । अहिले कानून कार्यान्वयको संक्रमणकालीन अवस्था छ । हामीले त्यही अनुसार काम अघि बढाइरहेका छौं ।’

आन्दोलनका क्रममा असर नपरेका क्षेत्रहरूमा भने कानून कार्यान्वयको कडाइलाई कमी नगरेको उनको भनाइ छ । श्रमिकले तलब नपाएको, सेवा सुविधा नदिएको, कामको सुरक्षामा ध्यान नदिएको जस्ता श्रमिकसँग प्रत्यक्ष जोडिएका विषयमा विभाग सचेत रहेको जनाए ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक