बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

करार सेवा सम्झौता रद्द

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
करार सेवा सम्झौता रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सिरहा नगरपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ। सोमबारदेखि लागू हुने गरी नगरपालिकाले हिजो सूचना निकालेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार संघीय सरकारको निर्णय र परिपत्रका आधारमा अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार यही असोज ५ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीवाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र गरेर अस्थायी र करार सेवा सम्झौता रद्द गर्न भनेको छ।

संघीय मन्त्रिपरिषद्को निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रको आधारमा सिरहा नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी, ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरुको नियुक्ति र करार सम्झौता रद्द गरेको हो।

हिन्दु धर्मालम्बीहरूको मुख्य चाड बडादशैं अन्तर्गत फूलपातिका दिनदेखि लागू हुने गरी जागिरबाट निकाल्ने कार्य उचित नरहेको भनेर स्थानीयहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।

सिरहाका सीबी साह सरकार तल्लो तहमा काम गर्ने कर्मचारीको समेत अभिभावक रहेको र हुनुपर्ने बताउँछन्। तर, यस अनुसारको व्यवहार हुन नसकेको भन्दै उनी लेख्छन्, ‘सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात कहिलेसम्म?’

यस विषयमा संघीय सरकारले नै ध्यान दिनुपर्ने उनको माग छ।

‘प्रमज्यू हजुरहरूले मितव्ययीताको नाममा करार र दिनगन्ती (दैनिक ज्यालादारी) मा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा मन्त्री, प्रधानमन्त्री लगायत देशका अन्य वरिष्ठतम शासक प्रशासकज्यूहरुले आठ महिना काम गरेर दशैं भत्तासहित तेह्र महिनाको तलब बुझ्ने विभेदकारी परम्परा यसपालिको राष्ट्रिय शोक र संकटको समयमा किन जारी रह्यो?’ प्रधानमन्त्रीलाई साहको प्रश्न छ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

९ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक