सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी  मालीलाई  राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात,

मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात,  किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा बाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।

२०८२ असोज ९ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट सो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।

पुरस्कृत स्रष्टाहरुबारेः
१. डा. तिर्थबहादुर श्रेष्ठ (वैज्ञानिक स्रष्टा): वि.स १९९४ असोजमा काठमाण्डौको महाबौद्धमा जन्मनुभएका स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठ वनस्पतिशास्त्री बैज्ञानिक हुनुहुन्छ । वैज्ञानिक स्रष्टा श्रेष्ठका जलवायु परिवर्तनः बुझौ र बुझाऔँ, नेपाल नखुलेका पाटाहरु, नेपाल अध्ययन (भाग १) भू स्वरुप र हावापानी, नेपाल अध्ययन (भाग २) वन वनस्पती र प्राणी, नेपाल अध्ययन (भाग ३) समाज संस्कृति र प्राकृति, नेपालको जैविक भूगोलको पुनरावलोकन लगायत दर्जन बढी पुस्तक प्रकाशित छन् । यसैगरी उहाँका माउन्टेन टुरिजम एण्ड इनभारामेन्ट इन नेपाल, नेपाल कन्ट्रि रिर्पोट अन वायोलोजिक डाइभरसिटि, फरेष्ट एण्ड भेजिटेसन अफ नेपाल, हिमालयन फलावर्स एण्ड ट्रिज (सहलेखन) लगायत पुस्तकहरु अंग्रेजीमा प्रकाशित छन् । डा. श्रेष्ठको स्थलगत अध्ययन अनुसन्धानमा  आधारित कृति डेभलपमेन्ट इकोलोजि अफ द अरुण वेसिन इन नेपाललाई मकालु बरुण राष्ट्रिय निकुञ्ज स्थापनाको प्रस्तावना मानिन्छ । कर्णाली क्षेत्रको पारिस्थितिक प्रणालीको स्थलगत र सैद्धान्तिक अध्ययन पश्चात उहाँले तयार पारेको पर्यावरणीय नक्सा इकोलोजि एण्ड भेजिटेसन अफ नर्थ वेष्ट नेपाल (कर्णाली रिजन) शिर्षकमा २०३९ सालमा प्रज्ञा प्रतिष्ठानबाट पुस्तकाकारमा प्रकाशित छ ।

२. दुर्गालाल श्रेष्ठ (जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा): सन् १९३५ को जुलाईमा काठमाण्डौमा जन्मनुभएका विख्यात स्रष्टा दुर्गालाल श्रेष्ठ जनकविको उपाधिबाट समेत सम्मानित हुनुहुन्छ । सात दशकदेखि साहित्यमा अनवरत योगदान गर्नुभएका स्रष्टा दुर्गालाल श्रेष्ठका नेपाली र नेपाल भाषा (नेवारी)मा गीत, गीति नाटक, खण्डकाव्य, कविता र बाल साहित्यमा गरि दर्जनौ कृतिहरु प्रकाशित छन् । झसुका, लिसं, सन्तयाकुशा, सर्ग, पिजा, याकः फल्चा, इन्कलावया पलाःसः आदी गरी नेपाल भाषामा मात्रै उहाँका दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । यसैगरी नेपालीमा इन्कलावको पदचाप, इच्छाको सिमाना, सन्तको छाता, दुर्गालाल श्रेष्ठका कविताहरु समेत गरी दर्जन बढी कविता खण्डकाव्य र गीति नाटकहरु प्रकाशित छन् ।

३. प्रा.चूडामणी रेग्मी (झर्रोवादी आन्दोलनका हस्ती): वि.स. १९९३ चैत्र २९ गते संखुवासभाको वानामा जन्मनुभएका स्रष्टा चुडामणी रेग्मीका काव्य, कथा, निबन्ध, हास्यव्याङ्ग्य, भाषा व्याकरण र समालोचना गरी दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली भाषा साहित्यका अथक साधक पूर्वका मोतिराम उपनामले समेत प्रसिद्ध स्रष्टा रेग्मी झर्रोवादी आन्दोलनका हस्ती हुनुहुन्छ । पहिलो यात्रा, भूमरी, चावी नामक कथा संग्रह, भावना र यक्षको पोखरा प्रवास कविता संग्रह र २२ समालोचना, समालोचनाको बटुलो नामक समालोचनात्मक कृतिहरु प्रकाशित छन् । वि.सं. २०१३ सालमा बनारसबाट बाराणसेय संस्कृत छात्र परिषद्को मुखपत्र छात्रदुतको सम्पादन गर्नुभएका स्रष्टा रेग्मीले झण्डै सात दशक लामो साहित्य यात्रामा दर्जन बढी मुखपत्रको प्रकाशन गर्नुभएको छ त्यसमध्ये जुही प्रकाशनकै ६२ वटा पुस्तकहरु छन् ।

४.डा. गोपाल ठाकुर (भोजपुरी भाषाका अग्रणी स्रष्टा): २०१८ साल पुस २७ गते जन्मनुभएका बारा जिल्ला सिम्रौनगढ निवासी स्रष्टा डा.गोपाल ठाकुरका भोजपुरीमा दर्जन बढी कृतिहरु प्रकाशित छन् । स्रष्टा ठाकुर जीवन्त भोजपुरी मजवून, उत्पिडित मधेश आ भोजपुरी र सहज भोजपुरी वर्तनीको अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी अंग्रेजीमा प्रकाशित भोजपुरी व्याकरणको समेत अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी उहाँको सहलेखनमा भोजपुरीमा विभिन्न कृतिहरु प्रकाशित छन् । २०६२÷६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्रष्टा ठाकुर नेपाल प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा नेपालमा भोजपुरी भाषाको समाजभाषा वैज्ञानिक अध्ययनको अनुसन्धाता हुनुहुन्थ्यो । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा भोजपुरी–भोजपुरी–नेपाली–अंग्रेजी शब्दकोषको सम्पादक मण्डलको संयोजक समेत रहीसक्नुभएका ठाकुर हाल भाषा आयोगका अध्यक्ष हुनुहुन्छ ।

५. प्रा.डा. गुरुप्रसाद सुवेदी (संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा): २०२५ साल असार १५ गते स्याङ्जामा जन्मनुभएका स्रष्टा प्रा.डा. गुरुप्रसाद सुवेदीले संस्कृतमा झण्डै दर्जन ग्रन्थ÷पाठ्यग्रन्थ लेख्नुभएको छ । त्यसमा साहित्यधर्मदर्शनसम्वद्धाः, सनातनसंस्कृतिसम्वद्धाः व्याकरण महाभाष्यम्, व्याकरण दर्शम्, समासपरिचय आदी छन् । यसैगरी उहाँले विद्यालय स्तरीय पाठ्यपुस्तकको पनि सहलेखन गर्नुभएको छ भने विभिन्न संस्कृत ग्रन्थहरुको नेपाली अनुवाद गर्नुभएको छ ।

६. लक्ष्मी कुमारी माली (अग्रणी कवि): २०१० साल साउन १० गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा लक्ष्मी मालीका आगोका याम, आरुका फुलहरु, तोरी फुलाएको खेत, आमा तिम्रो नाम के हो? गरि ४ वटा कविता संग्रह प्रकाशित छन् भने आगोको यामको अंग्रेजी अनुवाद सिजन अफ फायर समेत प्रकाशित छ । २०६२÷६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएकी स्रष्टा मालीले विभिन्न पाठ्यपुस्तकहरुको पेशागत सहलेखन गर्नुका साथै किराती लोक साहित्य भाग १ को सम्पादन समेत गर्नुभएको छ भने स्रष्टा माली नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभाग प्रमुख रहिसक्नुभएको छ ।

७. भागिरथी श्रेष्ठ (अग्रणी कथाकार): २००५ साल भाद्र १७ गते गुल्मीमा जन्मनुभएकी स्रष्टा भागिरथी श्रेष्ठका रातो गुलाब, भूमिगत, विभ्रम, मोहदंस गरि सात वटा कथा संग्रह र एउटा लघुकथा संग्रह प्रकाशित छन् । यसैगरी मालती र एउटा यस्तो आकाश गरी दुई उपन्यासहरु प्रकाशित छन् । साठी वर्षदेखि साहित्यमा योगदानरत श्रेष्ठको आफटर द सनसेट नामक कथा संग्रह अंग्रेजीमा समेत प्रकाशित छ ।

८. रामबहादुर थापा मगर (मगर भाषाको अग्रणी स्रष्टा): २०१६ भाद्र १ गते हालको त्रियुगा नगरपालिका खाँबु उदयपुरमा जन्मनुभएका स्रष्टा रामबहादुर थापा मगरका मगर भाषामा बुढो धरहरा कविता संग्रह, नानीहरुको कथा कथा संग्रह, आदिवासी जनजाती व्यक्तित्व गरी तीन वटा पुस्तक प्रकाशित छन् भने मगर संस्कृति सम्बन्धी निबन्ध संग्रह, संघीय नेपालको तस्विर लगायत पुस्तक नेपालीमा प्रकाशित छन् । यसैगरी उहाँसहितको सहलेखनमा अंग्रेजीमा समेत पुस्तक प्रकाशित छ । संविधानसभा सदस्य र हाल आदिवासी जनजाती आयोगका अध्यक्ष थापा मगरले नेपालका आदिवासी जनजातीहरुको स्थितिबारे अन्तर्राष्ट्रिय सम्मेलनहरुमा प्रस्तुति गर्नुका साथै कानुङलाम नामक मगर भाषाको मासिक पत्रिकाको सम्पादन समेत गर्नुभएको थियो ।

९. करुणा झा (मैथिली भाषाकी अग्रणी स्रष्टा): सन् १९७२ मार्च २५ मा जन्मनुभएकी सप्तरी निवासी करुणा झा का मैथिलिमा भगजोगिनी कविता संग्रह, जीवनदान लघुकथा संग्रह, फाटल ह्ृदय गजल संग्रह, प्रकाशित छन् भने नेपालीमा शंखघोष निबन्ध संग्रह र हिन्दीमा तीन वटा पुस्तक प्रकाशित छन् । साहित्यमा स्नातकोत्तर गर्नुभएकी स्रष्टा झा अटल मिथिला सम्मान लगायत दर्जन बढी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

१०. बाग्देवी यालुङ्छा राई (किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा): २०३० साल मंसिर ६ गते खोटाङमा जन्मनुभएकी स्रष्टा राईको साहित्यिक नाम बाग–आयाग्यामी यालुङ्छा हो । अंग्रेजी साहित्य र भाषा विज्ञानमा स्नातकोत्तर राईका किराँती–रोदुङ (चाम्लिङ) भाषामा रतन्छा निहालाम (कविता), येलेखिम ख्वायामापा (नाटक) र हँछामो त्यात्ति (कथा संग्रह) प्रकाशित छन् । किराँती–रोदुङ मातृभाषि स्रष्टा राई टुवाचुङ वार्षिकको सम्पादक समेत हुनुहुन्छ ।

११. पञ्चकुमारी परियार (सामाजिक न्यायका लागि अभियानरत स्रष्टा): २०३४ साल मंसिर २५ गते खोटाङको बुइपा दिग्तेलमा जन्मनुभएकी स्रष्टा पञ्चकुमारी परियारका सपना र आँखाहरु र जुठी कविता संग्रह प्रकाशित छन् । नेपाली साहित्यमा स्नातकोत्तर स्रष्टा परियारको जुठी कविता संग्रह भित्रको शिर्ष कविता जुठी पुर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा समावेश भई वि.ए दोस्रो वर्षमा अध्यापन भइरहेको छ ।

१२. शर्मिला कुमारी चौधरी (थारु भाषाकी अग्रणी महिला स्रष्टा): २०४२ कात्र्तिक १२ गते जन्मनुभएकी बेलौरी कञ्चनपुर निवासी शर्मिला चौधरीका थारु भाषामा दुःखके हल्कोरा उपन्यास, कम्लहरिया उपन्यास र मनके फुला काव्य संग्रह प्रकाशित छन् ।

१३. माधव चौलागाई (कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा): २०३४ साल मंसिर १७ गते जुम्लाको लाम्रामा जन्मनुभएका स्रष्टा माधव चौलागाईको सपादलक्ष कर्णाली नामक पुस्तक प्रकाशित छ । कर्णालीको इतिहास, भुगोल, संस्कृति, विशेषता, सम्पदा र विकासबारे केन्द्रित पुस्तक हो सपादलक्ष कर्णाली ।  स्वास्थ्य परियोजना सम्बन्धी अनुसन्धान लेखन र प्रतिवेदनमा समेत सक्रिय स्रष्टा चौलागाईका खस सभ्यता, कर्णाली केन्द्रित विषयवस्तु आदी विषयमा अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।

१४. गौरी तमु (तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा): २०३९ साल भदौ २८ गते नवलपरासीको गैडाकोटमा जन्मनुभएकी हाल पोखरा निवासी स्रष्टा गौरी तमु (गौरीसरा गुरुङ) को समै दर्वानी नामक नेपालमै पहिलो गुरुङ र नेपाली भाषाको द्विभाषिक मुक्तक संग्रह प्रकाशित छ । यसैगरी उहाँले गुरुङ साहित्यक मञ्च नेपालमा अक्षयकोष स्थापना गरि गौरी तमु लेखनवृत्ति पुरस्कार समेत स्थापना गर्नुभएको छ जुन हरेक दुई वर्षमा गुरुङ स्रष्टालाई दिइदै आएको छ  । स्रष्टा तमुका समसामयिक विषयसहित अनुसन्धानात्मक लेखहरु प्रकाशित हुँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
शिक्षा मन्त्रालय सिंहदरबार बाहिर सार्ने तयारी

शिक्षा मन्त्रालय आफ्नै भवनमा सर्ने तयारीमा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक