मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ । नेपाल सरकारका सहसचिवलगायत आवश्यक कर्मचारी सरकारले उपलब्ध गराएको छ । मन्त्रीपरिषद्को असोज ५ गतेको बैठकले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोग अध्यक्ष कार्कीले बिहीबारदेखि काम सुरु गरेको बताउनुभयो । गठनको कार्यादेश अनुसार आयोगले निष्पक्ष रूपमा काम गर्ने पनि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले काम सुरु गरेका छौँ । प्राप्त कार्यादेशमा रहेर हामी काम अघि बढाउँछौँ । प्राप्त प्रमाणका आधारमा आन्दोलनका व्रmममा भएका घटना कानुनबमोजिम भए वा नभएको निक्र्योल गरी कानुनविपरीत भएमा जिम्मेवार व्यक्तिलाई कारबाहीका लागि राय दिन्छौँ ।”

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । यस्तै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका सरकारी र सार्वजनिक संरचनामा क्षति पुगेको थियो । राजनीतिक दलका शीर्ष नेताका निजी सम्पत्ति तथा पार्टी कार्यालयहरूमा पनि क्षति पुगेको थियो ।

मानवीय र भौतिक क्षति उच्च भएपछि आन्दोलन गर्ने पक्षको मागमा सरकारले आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्षसमेत रहनुभएका कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्छ । आयोगले तीन महिनाको समय पाएको छ ।

के छ आयोगको कार्यादेश ?

आयोगले मुख्य पाँच कार्यादेश पाएको छ, जसमा भदौ २३ र २४ गते भएको आन्दोलनका व्रmममा मुलुकका विभिन्न मागमा भएका मानवीय तथा भौतिक क्षतिको छानबिन गरी प्रतिवेदन पेस गर्ने मुख्य कार्यादेश आयोगलाई रहेको छ । मानवीय र भौतिक क्षतिको छानबिन आयोगले गर्ने छ ।

यस्तै घटनाका कारणका सम्बन्धमा जाँचबुझ गरी सोको यकिन रायसहितको प्रतिवेदन पेस गर्ने पनि आयोगको कार्यादेश रहेको छ, जसका लागि क्षतिसँग सम्बन्धित सूचना वा निवेदन लिने, विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने अधिकार पनि आयोगलाई दिइएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेस गर्ने र प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश पनि सरकारले आयोगलाई दिएको छ । तीन महिनाको समय पाएको आयोगले जाँचबुझ आयोग ऐनबमोजिमको अधिकार प्रयोग गर्न पाउने छ ।

यस्तो  छ अधिकार

आयोगले प्रमाण सङ्कलनलगायतमा प्रचलित कानुनले अदालतहरूलाई दिएसरहको अधिकार प्रयोग गर्न पाउने छ । आयोगले कुनै व्यक्तिलाई उपस्थित गराई बयान लिन पाउने छ । यस्तै लिखत पेस गर्ने आदेश पनि दिन पाउने छ । यस्तै आवश्यक प्रमाण बुझ्ने अदालतले प्रयोग गर्नेसरहको अधिकार आयोगले पाउने छ । आयोगले प्रमाण सङ्कलनका व्रmममा सरकारी वा सार्वजनिक कार्यालय तथा अदालतबाट लिखत तथा नक्कल झिकाउन पाउने छ । व्यक्ति उपस्थित गराउन, कुनै लिखत पेस गर्न लगाउन वा कुनै प्रमाण बुझ्न आयोगले म्याद तोक्न पनि पाउने छ । जाँचबुझको विषयसँग सम्बन्धित कुनै वस्तु वा लिखत कुनै व्यक्तिसँग वा स्थानमा रहेको विश्वासयोग्य कारण भएमा खानतलासी लिने अधिकार पनि आयोगलाई हुने छ ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

४ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक