बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

माकेको केन्द्रीय समिति बैठक सुरु

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
माकेको केन्द्रीय समिति बैठक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ ।

बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले जनाएका छन् । प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन् । जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै मागेका छन् ।

आइतबारको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए । दुई वर्षदेखि नेतृत्व परिवर्तनको अडानमा रहेका शर्माकै जस्तो तर्क श्रेष्ठको पनि थियो । ‘अलग तर्क र सन्दर्भ भएपनि नेतृत्व परिवर्तनमा उहाँहरू एकैठाउँ जस्तो देखिनुभयो,’ बैठक स्रोत भन्छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा गरेका छन् । आजको केन्द्रीय समिति बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रचण्ड पक्षका नेताहरु भने महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्ड नै हुनुपर्ने पक्षमा छन् । उपाध्यक्ष पम्फा भुसालले केन्द्रीय कमिटी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने र प्रचण्ड संयोजक रहनेगरी आयोजक समिति बनाउने निर्णय हुने अनलाइनखबरलाई जनाएकी छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमा सामूहिक छलफल गर्ने तयारी छ । भौगोलिक र गैरभौगोलिक गरी १२ वटा समूहमा सदस्यहरुलाई विभाजन गर्ने तयारी छ । भौगोलिक ७, प्रवासका ३ तथा सम्पर्क विशेष र उपत्यका विशेष एक–एक प्रदेश गरी १२ प्रदेशमा सदस्यहरुलाई विभाजन गरिने छ ।

ती समूहले आ–आफ्नो टोली नेता चुन्नेछन् र टोली नेताले आफ्नो समूहमा भएको छलफलका विषयबारे बैठकमा जानकारी गराउने छन् । ‘प्रत्येक सदस्यलाई बोल्न दिँदा बैठक लम्बिने भएकाले समूह विभाजन गरी सामूहिक छलफल गर्ने तयारी छ,’ स्रोतले भन्यो । बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रुपमा एक हजार रुपैयाँ तोकिएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीले हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरुबाट रकम संकलन गरिने बताए । ‘त्यो भनेको एकदम न्यूनतम रकम हो,’ उनले भने । बैठक भाेलिसम्म बस्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

६ घण्टा अगाडि
एमालेका संगठित सदस्य र राष्ट्रिय युवा संघका उपाध्यक्ष रास्वपा प्रवेश

एमालेका संगठित सदस्य र राष्ट्रिय युवा संघका उपाध्यक्ष रास्वपा प्रवेश

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

‘द ब्ल्यू लाइट’ रिलिज

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक