कैलाली । धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे.२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ बस्ने कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएकाे छ ।
साथै रूपन्देही, गैडहवा गाँउपालिका-६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरको तार प्लकमा जोड्ने क्रममा अकालीलाई करेन्ट लागेको देखेर रामरतनले बचाउने क्रममा दुबै जनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्युठान, ऐरावती गाउँपालिका-६ ओखलढुङ्गा बस्ने ६० वर्षीय रूना सार्कीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको आफ्नै बारीमा लगाएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यी घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


