सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी कार्यालयहरुलाई कपडा नि:शुल्क वितरण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
प्रहरी कार्यालयहरुलाई कपडा नि:शुल्क वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ । उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई डसना (ओछ्याउने), ब्लाङकेट, तन्ना, सिरानी लगायतका कपडा नि:शुल्क वितरण गरेको हो ।

क्लोथ बैंकका प्रमुख कार्यकारी अधिकृत कमल जीसीका अनुसार हालसम्म करिब दुई दर्जन प्रहरी कार्यालयहरुमा करिब २५ लाख मूल्य बराबरको ५४९ सेट डसना र ब्लाङ्केटसहित कपडाको सेट वितरण गरिएको छ । तीमध्ये मध्यपुर थिमि प्रहरी सर्कल भक्तपुरमा सबैभन्दा बढी १८० सेट वितरण गरिएको छ ।

साे कार्यालयका डीएसपी नवराज ढुंगानाले आगजनीबाट प्रहरीको आवासमा रहेका सबै कपडा जलेको अवस्थामा क्लोथ बैंकको सहयोगले राहत पुगेको जनाए । क्लोथ बैंकले सांखु,गोंगबु,गोल्फुटार,टोखाका दुई स्थान,रुपन्देहीको मंगलापुर लगायतका स्थानमा डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गरेको छ ।

संस्थाका सिईओ जीसीले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी कार्यालयहरुमा कुल १५०० सेट डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गरिने जनाए । क्लोथ बैंकको रुपन्देहीको तिलोत्तमामा कपडा प्रशोधन उद्योग छ । दुई वर्षअघि सञ्चालनमा आएको क्लोथ बैंकले देशका १९७ ठाउंमा पुनः प्रयोग गर्न मिल्ने कपडा संकलन केन्द्र स१चालनमा ल्याएको छ ।

ती कपडाहरु प्रशोधन गरी नयां सरह बनाएर वितरण गर्ने गरेको छ । प्रशोधनकै क्रममा क्लोथ बैंकले डसना र सिरानी समेत आफै उत्पादन गर्ने गरेको छ । प्रहरीलाई वितरण गरिएका डसना र सिरानी वाहेक ब्लाङकेट र तन्ना भने अरुबाट सहयोग लिएर आफ्ना उत्पादनसँगै एकमुष्ट वितरण गरिएको जीसीले प्रष्ट पारे । संस्थाले ७० लाख मूल्य बराबरको डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गर्ने क्रममा रहेको उनले जनाए ।

क्लोथ बैंकले दशैंको अवसरमा बुटवलमा सडकमा व्यवसाय गर्ने २३४ जना विपन्नलाई कपडासमेत वितरण गरेको जीसीले जानकारी गराए । ‘नेपालमा आपतकालीन अवस्थाको सम्भावना जुनसुकै बेला रहिरहने भएकाले प्रयोगमा नआएका लत्ता कपडा संकलन गरी प्रशोधन गरेर वितरण गर्न ‘क्लोथ बैंक’ स्थापना गरी काम गर्दै आएका हौं’, जीसीले भने, ‘जेनजी आन्दोलन अघि करिब २ वर्षको अवधिमा २ लाख जनालाई कपडा वितरण गरेका छौं ।’

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक