काठमाडौं । दशैं नजिकिँदै जाँदा राजधानी काठमाडौं उपत्यका छोड्नेको संख्या तीव्र रूपमा बढेको छ।
स्कूल तथा कलेजमा बिदा सुरु भएपछि बिहानैदेखि गोंगबु बसपार्कमा यात्रुहरूको भीड देखिएको छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुला नगरिए पनि यात्रुहरूको सहजताका लागि एक दिन अगाडिको टिकट काट्ने व्यवस्था गरिएको छ। त्यसैले टिकट लिन गोंगबु बसपार्कमा थप भीड देखिएको छ।
हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानमा उपत्यका छोड्ने यात्रुहरूको ठूलो भीड लाग्ने गरेको छ।


