सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । भारतको लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएकाे छ ।  साे घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ ।

झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो ।

हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता लगाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

‘सन् २०१९ पछि वास्तवमै यहाँ के बदलाव भयो ? भारत सरकारले अब इमानदारी र गहिरोसँग यो आँकलन गर्नुपर्छ,’ एक्समा पोस्ट गर्दै पूर्वमुख्यमन्त्री मुफ्तीले भनेका छन् ।

सन् २०१९ मा भारतको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार खारेज गरी त्यसलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि लद्दाखलाई अलग्गै केन्द्रशासित प्रदेश बनाएको थियो ।

तर लद्दाखलाई आफ्नै विधानसभा नदिई दिल्लीबाट शासन चलाउन थालिएपछि त्यहाँका स्थानीयले राजनीतिक प्रतिनिधित्व र अधिकार खोसिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका  छन् ।

त्यसयता, लद्दाखका बासिन्दाले प्रदेशलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग गर्दै आएका छन् ।

भारतीय संविधानअनुसार छैटौँ अनुसूचीमा समावेश भए आदिवासी र स्थानीय समुदायलाई भूमि, रोजगारी, भाषा र संस्कृतिमा विशेष अधिकार प्राप्त हुन्छ ।

छैटौँ अनुसूचीमा नहुँदा लद्दाखमा वाह्य जनसंख्या र पूँजी भित्रिनेक्रम बढेर उनीहरूको भूमि र संस्कृतिमाथि खतरा आउने त्यहाँको बासिन्दाको मत छ । पटपटक आन्दोलन र प्रदर्शन हुँदा पनि केन्द्र सरकारले भने माग सम्बोधन गरेको छैन । इन्डिया टूडे

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

१ दिन अगाडि
इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक