बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार हो : अध्यक्ष श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार  हो : अध्यक्ष श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग भेट गरेका छन् । भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा घर ध्वस्त भएका महतोलाई बुधवार भेटेर अध्यक्ष श्रेष्ठले उक्त आक्रमण सम्पूर्ण एनआरएनमाथिको आक्रमण भएको बताए ।

एनआरएनबीचको एकता कमजोर हुँदा सबैतिरबाट आक्रमण भइरहेको भन्दै सबैलाई एकताबद्ध हुनका लागि अध्यक्ष श्रेष्ठले आग्रह पनि गरे । उनले भने ‘तपाईँको निवासमा गरिएको दुष्कृत्य केवल तपाईँ र तपाईँको परिवारमाथि प्रत्यक्ष आक्रमण मात्र थिएन, यो देशभित्र र विदेशमा रहेका प्रत्येक नेपालीको सम्मान, सुरक्षा र आशामाथि गरिएको हमला पनि हो ।’

आक्रमणले एनआरएन समुदायका  हरेक सदस्यको मनमा गहिरो चोट पुर्‍याएको उल्लेख गर्दै अब बलियो एकताको सङ्कल्पका साथ अघि बढ्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

नेपालमा  सुरक्षा अवस्था कमजोर रहेको सन्देश गएको र यसले लगानी भित्र्याउन नकारात्मक असर पर्ने भन्दै यसका लागि सरकारले गम्भीर रूपमा समीक्षा गर्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले उक्त घटना दुखद भएको बताउँदै हिम्मत नहार्न हौसला प्रदान गरे । संस्थागतरुपमै सबै मिलेर नेपालको आर्थिक विकासका लागि पनि एनआरएनए केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनए अभियन्ता आरके शर्माले एकताबद्ध एनआरएन बनाएर सबै अघि बढेमा आगामी दिनमा कसैले पनि एनआरएनहरू माथि हमला गर्न नसक्ने बताए।  उनले हामी केही लिन नभएर केही दिनको लागि मातृभूमिको सेवामा जुटी रहेका छौँ भन्दै यो कुरा बुझी दिन सबै नेपालीलाई आग्रह पनि गरे।

त्यसैगरी, संस्थापक अध्यक्ष महतोले आफूले  सधैँ नेपालको उन्नति होस्  भनेर यतै लगानी गरेको बताउँदै यस्तो घटनाबाट पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले आफू व्यक्तिलाई भन्दा पनि एनआरएनलाई कमजोर पार्ने मानसिकताबाट उक्त आक्रमण गरिएको बताए । उनले आफ्नो घरमा क्षति गर्नेहरू जेनजी नभएको बताउँदै लुटेराहरूको पहिचान गरेर कारबाही गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘यस पटक म माथि आक्रमण भयो, अर्को पटक अरू साथीहरूलाई नहोस्, म नै पहिलो र अन्तिम हुन चाहन्छु ।’

सो अवसरमा एनआरएनए उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङ, एनआरएन उपाध्यक्ष खगेन्द्र न्यौपाने, महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, अनुसन्धान संयोजक दीपेश खत्री, सदस्यसचिव धर्म राज गिरी, विपद् व्यवस्थापन समितिका सदस्य निरञ्जन भण्डारी, नीराजन खत्री लगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

८ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक