शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अष्ट्रेलियामा जुवा खेल्ने प्रवृत्ति बढ्दै

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
अष्ट्रेलियामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

क्यानबेरा । अष्ट्रेलियाका नागरिकहरूमा जुवा खेल्ने प्रवृत्ति र त्यसले पार्ने नकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको एक सरकारी अध्ययनले देखाएको छ ।

सन् २०२४ मा अष्ट्रेलियन पारिवारिक अध्ययन संस्थान (एआईएफएस) ले गरेको एक देशव्यापी सर्वेक्षण अनुसार, अघिल्लो १२ महिनाभित्र ६५.१ प्रतिशत परिपक्व नागरिकले कुनै न कुनै प्रकारको जुवा खेलेका थिए । सन् २०१९ मा यो दर ५७ प्रतिशत थियो ।

उक्त प्रतिवेदन अनुसार २०२४ मा सहभागीमध्ये १५ प्रतिशतले जुवाका कारण पारिवारिक, आर्थिक वा मानसिक समस्याको सामना गर्नु परेको बताएका छन् । सन् २०१९ मा यस्तो समस्या ११ प्रतिशतले मात्र अनुभव गरेका थिए ।

झन्डै ३२ प्रतिशत परिपक्व नागरिकले कम्तीमा महिना एकपटक जुवा खेल्ने गरेको जनाइएको छ, जसमा पुरुषको सहभागिता महिलाको भन्दा बढी छ ।

प्रतिवेदनमा २।६ प्रतिशत नागरिकलाई गंभीर जोखिममा रहेका जुवामा लिप्त व्यक्ति भनेर चिनाइएको छ । तीमध्ये ६८।१ प्रतिशतले मानसिक वा व्यवहार सम्बन्धी समस्या झेलेका छन् भने १५.५ प्रतिशतले आत्महत्या गर्ने विचार गरेको बताएका छन् ।

१८ देखि २४ वर्ष उमेर समूहका नियमित रूपमा जुवा खेल्ने युवाहरू बुढा उमेर समूहको तुलनामा झन्डै दोब्बर जोखिममा रहेको पाइएको छ । क्विन्सल्याण्ड राज्यको तथ्यांक कार्यालयद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार सन् २०२२–२३ मा अष्ट्रेलियाली जनताले कानुनी रूपमा चलाइने जुवा खेलमा करिब ३२ अर्ब अष्ट्रेलियन डलर गुमाएका छन्, जुन प्रति व्यक्ति हिसाबमा विश्वकै सबैभन्दा बढी हो ।

संस्थाकी निर्देशक लिज नेभिलले भने,“जुवा अहिले हाम्रो समाजमा गहिरो रूपमा व्याप्त भएको छ । व्यक्ति, परिवार र समुदायलाई सहयोग गर्नका लागि हाल चलिरहेका नीतिहरूलाई फेरि विचार गर्न आवश्यक छ ।”

उक्त सर्वेक्षणले सबैभन्दा धेरै खेलिने जुवा भाग्य परीक्षण (लट्री) भएको देखाएको छ, त्यसपछि खोपपत्र चिठ्ठा, घन घुमाइने यन्त्र (स्लट मेसिन), घोडा दौड र खेलकुदको अन्दाज खेल लोकप्रिय छन् ।

यो पनि पढ्नुहोस्

१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि
तान्जानियामा शङ्कास्पद प्रकोपबाट आठ जनाको मृत्यु

अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा बाहिरिने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक