काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापना देखि छठ सम्म Smart Celebrations by SCT अफर सुरु गर्दै छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न SCT-UnionPay कार्ड प्रयोग गरी एइक् मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UnionPay कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UnionPay कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।


