आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको आर्थिक सुधारमा सहयोग गर्ने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
नेपालको आर्थिक सुधारमा सहयोग गर्ने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल उठाउनेमा सरकार केन्द्रित रहेको बताउनुभयो । अमेरिकी राजदूत थम्प्सनले एमसिसीको कार्यान्वयनमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

सोमबार नै अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख जहान सारवतबिच भएको भर्चुअल बैठकमा आर्थिक सुधारका कार्यक्रमको निरन्तरताका विषयमा छलफल भएको थियो । सो क्रममा (आइएमएफ) का नेपाल प्रमुख सारवतले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराउनुभयो । अर्थमन्त्री खनालले कोषसमेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने बताउनुभयो ।

सो क्रममा कोषमा सहयोगमा कार्यान्वयन भइरहेको विस्तारित कर्जा सुविधाको कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौँ समीक्षा प्रतिवेदन छिट्टै कोषको बोर्ड बैठकमा पेस गर्ने विषयमा पनि छलफल भएको थियो ।

अर्थमन्त्री खनाल र एसियाली विकास बैङ्क (एडिबी) का राष्ट्रिय निर्देशक आर्नो कोस्वाबिच भएको अर्को छलफल भएको थियो । अर्थमन्त्री खनालले परिवर्तित समयमा युवाको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले एडिबीका लगानी भएका चालु आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एडिबीका राष्ट्रिय निर्देशक कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक