सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधान खारेज गरौँ भनेको छैन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
संविधान खारेज गरौँ भनेको छैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका संयोजक सुदन गुरूङले देश नै धरापमा पर्ने डरले संविधान खारेज गरौँ नभनेको जनाएका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेपछि सिंहदरबार पुगेका उनले पत्रकारसँग बोल्दै यस्तो जनाएका हुन् । सुदनले जेन-जी आन्दोलनको नेतृत्व, प्रशासनमा निवेदन प्रक्रिया र हालको घटनाक्रमसम्बन्धी भ्रम चिर्ने कोसिस गरे ।

गुरुङले भने, ‘मन्त्रिमण्डल गठन हुँदैछ भनेर आएको हो अरू मलाई थाहा छैन ।’ उनले आन्दोलनमा अहिले घुसपैठ बताउँदै भएको र त्यो स्वीकार्य नभएको उल्लेख गरे । सुदनले आफूहरूको जेन-जीले विरोध गरेको कारणबारे केही थाहा नभएको जनाए ।

गुरुङले जेन-जी आन्दोलनका दिन जिल्ला प्रशासन कार्यलयमा बिहानै १० बजे अनुमतिका लागि पत्र दर्ता गराएको जनाए । ‘हामीले १० बजे दर्ता गराएको हो, सीडीओ कार्यालयमा। हामीले पत्र दिएको हो। हामीले पत्र दर्ता गराएको आधारमा जस लिनु छैन’, उनी थप्छन्, ‘अरू नौवटा जति निवेदन परेको सुनियो। आन्दोलन जनताको हो, यो कुनै व्यक्ति र संस्थाको होइन।’

उनले जेन-जी आन्दोलनको नेतृत्वबारे नेपाली सेनासँग कुरा भएको पनि खुलाए । सेनाको भूमिका र जेन-जीको नेतृत्वबारे गुरुङले जंगी अड्डामा छलफल भएको जनाए।

‘यसको नेतृत्व कसले लिने भनेर सेनाले हामीलाई बोलाएको थियो,’ उनले भने। उनले आक्रमक भाषामा नभई अवस्था बुझेर अगाडि बढ्नुपर्ने जनाए। ‘हामीले मन्त्री पद मागेका छैनौँ’, उनले भने, ‘माग्ने भए म नै गृहमन्त्री मागिसक्थेँ ।’

गुरुङले जेन-जीको संरचना सातै प्रदेशमा बनाएको कुरा पनि अस्वीकार गरे । ‘जेन-जीको सातै प्रदेशमा नेतृत्व तोकेको होइन। जेन-जी तितरबितर भएकाले सहजीकरण गर्न सम्पर्क गर्नु भनेको हो। प्रदेशमा छुट्याएको होइन,’ उनले भने।

उनले आफूले घाइतेहरूको अवस्था हेरेर प्रधानमन्त्रीसँग भेटघाट गर्न आएको जानकारी दिए। उनले लिम्पियाधुरा र लिपुलेक गुम्ने डरले संविधान खारेजीको माग नगरेको पनि जनाए ।

‘हाम्रो भूमि गुम्ने चिन्ताले संविधान खारेज गरौँ नभनेको हो । त्यहीकारण संविधान खारेज गर्नु भन्ने प्रस्तावनामा पुगेको होइन’, उनले भने, ‘लिम्पियाधुरा हाम्रो हो भएकाले त्यसलाई गुम्न नदिन पनि संविधान खारेजको पक्षमा नलागेका हौँ । अर्कातिर संविधान खारेज भएमा अस्थिरताको फाइदा उठाएर भारतले आक्रमण गर्ने डर पनि थियो । देशको अस्तित्व जोगाउन पनि हामीले संविधान खारेजीको प्रस्तावलाई अघि नबढाएका हौँ ।’

गुरुङले आन्दोलन जनताको भएकाले समस्या समाधानका लागि संवादमै जोड दिनुपर्ने बताए । ‘हामीले जेन-जीको नेता कस-कसलाई मान्ने भन्दा पनि नेपाली सेनासँग वार्ताका लागि को को पुगेका थिए, त्यसकै आधारमा जेन-जीको नेतृत्व लगभग प्रष्ट छ ।’

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक