सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको बताए । पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको जनाए ।

‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैं यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने । सो क्रममा उनले पटकपटक नाम मात्रैको समिति नबनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै टिओआरमा हस्ताक्षर गर्न समेत अनकनाए । पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्नेजनाएका छन् ।

पदभार ग्रहणको क्रममा पत्रकारहरूले शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासमा उनले भने, ’त्यो थाहा छैन । त्यो कस्तो ऐन बनाएको हो, के हो ? यसका लागि विज्ञहरूको टिम बनाउँछु । विज्ञहरूको टोलीले जे–जस्तो किसिमको सल्लाह सुझाव दिन्छन् । सोही अनुसार अघि बढ्छु ।’ संसद् विघटन भइसकेको अवस्थामा सबै संसदीय समितिहरू निष्क्रिय भइसकेको भन्दै उनले विज्ञहरूलाई इमान्दारितापूर्वक सुझाव दिन आग्रह गरे ।

मन्त्री पुनले आफूलाई कवाडी मन्त्री भन्न आह्वान गरेकोबारे सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्रालयभित्र बाहेक बाहिर भेट हुँदा मन्त्री सम्बोधन नगर्न आग्रह गरे । काम गर्दा समूहमा १६ देखि ३० उमेर समूहका युवा पुस्तालाई समेट्ने उनले बताए । जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दाबारे आफ्नो मन्त्रालयमातहतमा ध्यान दिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक