मङ्ल, माघ ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अघिल्लो कारोबार दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ। १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ। अघिल्लो दिन २५११ अंकमा झरेको थियो।

सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो। ९ अर्ब १७ करोडको कारोबार भएको छ। २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो।

निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन्। निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो। भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो।

व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढ्यो। बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे।

डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत मूल्य बढेका कम्पनीमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावर छन्।

मूल्य धेरै घट्नेमा आज निर्जीवन बीमा कम्पनीहरु अगाडि देखिएका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशत मूल्य घट्यो। त्यस्तै तारागाउँ रिजेन्सीको ४.८७ तथा नेको इन्स्योरेन्सको ४.५७ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।

गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनसँगै तोडफोडपछि भएको आगलागीपछि बन्द भएको सेयर बजार गत २ गते पहिलो पटक खुला भयो। सेयर बजार खुलेसँगै लगातार तेस्रोपटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको थियो।

आन्दोलनपछिको पहिलो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो पटक नकारात्मक सर्किट लागेर १६० अंकले गिरावट आएको थियो। योसँगै बिहीबार सेयर बजार २५११ विन्दुमा समेदिएर बन्द भएको थियो।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा सबै सूचक बढ्याे

१ दिन अगाडि
नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी

नयाँ विद्युतीय गाडी ‘दिपल इ०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक