सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश: जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश: जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेन–जी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेन–जी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

कालीबाबाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेका छन् । ‘जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिको छानबिन गर्न आयोग गठन गर्नुपर्छ, साथै भ्रष्टाचार गरेर हाम्रो देशलाई यो हालतमा लाने सबैलाई कानुनी दायरामा ल्याउन शक्तिशाली आयोग बनाउनैपर्छ,’ कालीबाबाले भनेका छन् ।

साथै कालीबाबाले जेन–जी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा निर्वाचन गर्ने, जेन–जी पुस्तासँगै सम्पूर्ण नेपालीको आकांक्षा पुरा गर्न अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

कालीबाबाले प्रधानमन्त्री कार्कीसँगै नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रको हितलाई दृष्टिगत गरी नेपाललाई उन्नतिको पथमा अघि बढाउन देशभक्त भएर काम गर्न आग्रह गरेका छन् । ‘मातृशक्ति, पूर्वप्रधानन्यायाधीश, सच्चा राष्ट्रसेवक सुशीला कार्की नेतृत्वको सरकारले देशलाई शीघ्र शान्ति कायम गर्न सफल हुनेछ, देशमा शान्ति, समृद्धि, एकता र अखण्डता बलियो बनाउँदै समुन्नत राष्ट्र बनाउने लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्ने छ, भ्रष्टहरूलाई कारबाही गरेर अन्तर्राष्ट्रिय रुपमा उदाउँदो देशका रुपमा नेपाल स्थापित हुनेछ भन्ने विश्वास लिएको छु,’ कालीबाबाले भनेका छन् ।

कालीबाबाले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी दिनमा नेपालले शान्ति, समुन्नति, आर्थिक विकास र रुपान्तरणको इतिहास निर्माण गर्दै सुन्दर शान्त र उन्नत राष्ट्रको इतिहास निर्माण गर्ने र यसका लागि आधारभूत तहका नागरिकलाई विश्वासमा लिने तथा आर्थिक, सामाजिक क्षेत्रसँगै अन्तर्राष्ट्रिय जगतलाई पनि विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन् ।

सहिदप्रति श्रद्धाञ्जली

कालीबाबाले जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले  विभिन्न अस्पतालमा उपचाररत घाइते युवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

‘भदौ २३ र २४ गते नसोचेको हिंसा भयो । तत्कालीन सरकारले युवा पुस्तामाथि दमन गरेपछि परिस्थिति गम्भीर बन्यो । राष्ट्रिय सम्पत्तिमाथि ठुलो क्षति भयो, नेपालमा मात्रै होइन, विश्वमै यस्तो घटना भएको थिएन, तत्कालीन सरकारको कुकर्मले नेपाल संकटको घडी आइपुग्यो । तत्कालै आयोग बनाएर दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भनेका छन् ।

कालीबाबाले तत्कालीन सरकारको कमजोरी र गैरजिम्मेवारका कारण देश संकटमा परे पनि सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन् । उनले विश्वको इतिहासमै यस्तो घटना बिरलै मात्र हुने गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो दुःखद् स्थिति नआओस् भनेर सबैले शान्ति र सद्भाव बँचाइ राख्न सबैलाई अपिल गरेका छन् ।

कालीबाबाले अबोध बालबालिका र निर्दोष युवा विद्यार्थीमाथि भएको हिंसात्मक आक्रमणले आफू दुःखी र मर्माहित भएको बताउँदै यो घटनाले विश्वभरका मानव समुदायमा गहिरो पीडाबोध भएको धारणा राखेका छन् । उनले प्रधानमन्त्री कार्की नेतृत्वका सरकारले यसको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिएर विश्वसामु विधिको शासन र शान्तिको सन्देश दिन सक्नेमा आफू आशावादी रहेको बताएका छन् ।

साथै कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै आफ्नो कार्यकाललाई देश र जनताप्रति समर्पित गरेर नेपाल र नेपालीको शान्तिको चाहनालाई सम्बोधन गर्न सफलता मिलोस् भनेका छन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

८ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक