सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गेमिङ कोपाइलट एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
गेमिङ कोपाइलट एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। यसअघि यो सेवा एक्सबक्स इन्साइडर्समार्फत परीक्षण गरिएको थियो।

कम्पनीका अनुसार गेमिङ कोपाइलट १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले पीसी गेम बारमार्फत प्रयोग गर्न सक्नेछन्। मोबाइल संस्करण भने आगामी अक्टोबरदेखि एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध हुने बताइएको छ। हालसम्म यसअघि मोबाइलमा यसको बीटा परीक्षण सम्पन्न भएको थियो। तर यो सेवा चीन बाहेक विश्वभर उपलब्ध हुनेछ।

गेमिङ कोपाइलटलाई पुराना ‘निन्टेन्डो हेल्प फोन लाइन’ को आधुनिक एआई संस्करणका रूपमा हेरिएको छ। खेल्दा स्क्रिनमा देखिने च्याट बक्समार्फत प्रयोगकर्ताले प्रश्न सोध्न वा टिप्स लिन सक्नेछन्। यो प्रणालीले प्रयोगकर्ताको गेमिङ गतिविधि बुझ्ने र खेलसँग सम्बन्धित स्क्रिनसटको आधारमा सहायतासमेत गर्नेछ। साथै, एक्सबक्स खातासम्बन्धी जानकारी दिने तथा खेल वा अन्य सामग्रीको सिफारिस गर्ने सुविधा पनि यसमा समावेश छ।

नयाँ संस्करणमा भ्वाइस च्याट सुविधा थपिएको छ जसले प्रयोगकर्ताले बोलेरै प्रश्न सोध्न सक्छन्। पीसीमा ‘पुष टु टक’ हटकिजमार्फत यो सुविधा सक्रिय गर्न सकिन्छ भने एपमा माइक्रोफोन बटन राखिएको छ। लामो संवादका लागि पीसीमा विजेटलाई स्क्रिनमा मनपर्ने ठाउँमा राख्न सकिने सुविधा पनि दिइएको छ।

माइक्रोसफ्टले हालै घोषणा गरेको आफ्नो पोर्टेबल ‘एक्सबक्स एली’ ह्यान्डहेल्ड गेमिङ मेसिनमा पनि यो सेवा आउने सम्भावना छ। सो कन्सोल आगामी अक्टोबर १६ मा बजारमा आउनेछ र त्यसपछि कोपाइलटको आधिकारिक अपडेट त्यहाँ पनि उपलब्ध गराइने अनुमान गरिएको छ।

कम्पनीले प्रयोगकर्ताबाट निरन्तर प्रतिक्रिया लिन आग्रह गरेको छ र गेमिङ कोपाइलटलाई अझ उपयोगी र खेलाडीहरूको आवश्यकताअनुसार बनाउन काम भइरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक