काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९०० रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ।
महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।


