आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सात कङ्कालसहितको शव पहिचान भएन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
डढेको अवस्थामा भेटिएको शव चिन्न सकेन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडाैंको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेलापरेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले ती शव पहिचान गर्नै नसकिएको जानकारी दिनुभयो । “सात शवको हड्डीसहितको कङ्कालमात्रै फेलापरेका छन् । अरू सबैको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइसकिएको छ । सात शव जलेर चिनिने अवस्थामा छैनन्,” उहाँले भन्नुभयो, “अहिलेसम्म परिवारका सदस्य सम्पर्कमा आएका छैनन् । परिवारका सदस्य सम्पर्कमा आएर डिएनए परीक्षण गरेपछि मात्रै पहिचान गर्न सक्ने अवस्था छ । डिएनए प्रोफाइलिङ गरेर राखेका छौँ । परिवारका सदस्यलाई आफ्नो हो भन्ने लागेमा ‘म्याच’ गरेर शव हस्तान्तरण गर्न सकिन्छ ।” मृतक परिवारका सदस्य सम्पर्कमा आएमा डिएनए परीक्षण गरेर शव हस्तान्तरण गर्न धेरै समय नलाग्ने प्रहरी वरिष्ठ उपरीक्षक खनालले जनाउनुभयो ।

काठमाडौँ परिसरका प्रमुख विश्व अधिकारीले काठमाडौं कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको एक जनाको भने पहिचान भएको बताउनुभयो । “त्यहाँ रामेछाप जिल्ला खाँडादेवी–६ का विकास रसाइलीको कङ्काल फेलापरेको छ । अस्थायी ठेगाना ललितपुर च्यासलमा रहेछ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । त्यसपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने छ,” बुधबार मात्रै रसाइलीको शव फेलापरेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनमा कुल ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक