शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटन प्रवर्द्धनका लागि सम्झौता

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
पर्यटन प्रवर्द्धनका लागि सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने भएको छ ।

यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुबै ठाउंको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए ।

उनले लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुंदै बसन्तपुर यात्रा गराउन आवश्यक रहेको बताए ।

बसन्तपुरको हावापानी तराई भन्दा १० डिग्री कम हुने भएकाले भारतीयसंगै बौद्धमार्गी तेस्रो मुलुकका पर्यटकलाई सजिलै आकर्षण गर्न सकिने बताए ।

शाक्यले श्रीलंका र म्यानमार लगायत बौद्धमार्गी वाहुल्य राष्ट्रका ट्राभल एजेन्सीसंग सहकार्य गरेमा केबलकारमा विदेशी पर्यटक भित्र्याउन सकिने सुझाव दिए ।

लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले ध्यान केन्द्र बनाउन सुझाव दिए ।

केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले लुम्बिनी विकास कोषसंग सम्झौताले बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।

समुद्री सतहबाट एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरसँगै स्वच्छ, शान्त र शीतल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन वृद्धि भएको कायस्थले बताए ।

बसन्तपुरमा सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जिपलाइन, स्काइ साइक्लिङ, पिङ, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।

अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको लुम्बिनी केबलकारमा २५ वटा गोण्डुला छन् । केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ । सम्झौताले बुद्धजन्मस्थल लुम्बिनी र बसन्तपुरको पर्यटन प्रवर्द्धनसँगै दुई संस्थाबीच आपसी सहकार्य हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् ।

कम्पनीले छिटै बसन्तपुरमा पा‍ँच तारे होटेल बनाउने तयारी थालेको छ । उक्त होटलमा एक हजार जना क्षमताको बैंक्वेट हल,स्वीमिङ पुल, क्यासिनो लगायत सेवा र सुविधा रहने म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो ।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

उपत्यकाको वायु प्रदूषण घट्याे

६ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक