आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो।
संघका प्रवक्ता गंगाधर गौतमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनले देशका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। त्यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हातेमालो गर्दै पुनर्निर्माणमा सहयोग गर्न तयार छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ।’ संघका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ। विशेष गरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ।
तर केही सञ्चारमाध्यमले एनआरएनएको नाम प्रयोग गरेर व्यक्तिगत घर बनाउनका लागि पैसा उठाइरहेको भन्ने खालको समाचार प्रकाशित गरेको प्रसङ्गमा संघले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत प्रयोजनका लागि रकम उठाइएको भन्ने समाचार पूर्णतया निराधार र भ्रामक छ। यसले संस्थाको साखमाथि प्रश्न उठाउने प्रयास मात्र हो।’ यस्तो प्रचारमा एनआरएनएकै बद्री केसी पक्ष सक्रिय रहेको बताइएको छ । जबकि केसी पक्ष हालसम्म जलेको संसद् भवन अगाडि गएर फोटो खिचाउनमा मात्रै सीमित भएको छ ।
संघले भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक आघात पुर्‍याएको भन्दै त्यसबाट उठ्न सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको छ। विशेष गरी सार्वजनिक सम्पत्तिको पुनर्स्थापना र सुरक्षामा सहयोग गर्न गैरआवासीय नेपाली समुदाय अग्रसर रहेको स्पष्ट गरिएको छ।
अध्यक्ष श्रेष्ठले शनिवार बस्ने कार्यसमितिको बैठकले औपचारिक निर्णय गरेर ‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट अघि बढाउने जानकारी दिए। त्यसका लागि विस्तृत प्राविधिक खाका तयार गरिएको र लागत करिब ७४ लाख रुपैयाँ अनुमान गरिएको उनले बताए।
श्रेष्ठका अनुसार, संघले पहिलो चरणमा काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमा रहेका सिसिटिभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र आवश्यक उपकरणहरूको पुनर्संचालनमा सहयोग गर्नेछ।
‘सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। हामीले यसमा योगदान दिनु मातृभूमिप्रति हाम्रो दायित्व हो,’ अध्यक्ष श्रेष्ठले भने।
 एनआरएनएले मङ्गलवार नै ‘नेपाल पुनर्निर्माण अभियान’ घोषणा गर्दै विश्वभरका नेपालीहरूलाई सहयोगका लागि आह्वान गरिसकेको छ। भूकम्प, बाढी वा महामारीजस्ता सङ्कटमा पनि गैरआवासीय नेपालीहरूले निरन्तर साथ दिएको स्मरण गर्दै श्रेष्ठले यस पटक पनि मातृभूमि उकास्नै पर्ने बेला आएको बताए।
‘हामी सबै मिलेर नेपाललाई पुनर्निर्माण गरौँ, सुरक्षात्मक संरचना पुनर्स्थापना गरौँ र समुदायलाई फेरि आशावादी बनाऔँ,’ श्रेष्ठले आग्रह गरे।
श्रेष्ठले केही व्यक्तिहरूले फैलाएको आधारहीन प्रचारको कुनै सत्यता नरहेको बताउँदै भने, ‘हाम्रो योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित छ।’ व्यविपद्‍को समयमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउँदै उनले यस्तो बेलामा कसैले पनि अफवाह फैलाउन नहुनेमा जोड दिए ।
श्रेष्ठका अनुसार शनिवार हुने बैठकबाट आधिकारिक निर्णय गरेर ठोस कार्य योजना सार्वजनिक गरिने छ । श्रेष्ठ नेतृत्वको आधिकारिक एनआरएनएका अनुसार विगतमा नेपालमा आएका हरेक प्राकृतिक विपत् र सङ्कटका बेला संघले सरकारसँग सहकार्य गर्दै सहयोग गर्ने गरेको छ। भूकम्प, बाढी–पहिरो, महामारीलगायतका कठिन परिस्थितिमा एनआरएनएले राहत, उद्धार र पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस पटक पनि त्यही निरन्तरतामा काम भइरहेको संघले जनाएको छ।

यो पनि पढ्नुहोस्

खाडीमा रहेका ६५ हजार ८८६ नेपालीकाे विवरण दर्ता

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

२ घण्टा अगाडि
ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुग्याे

ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुग्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक