काठमाडाैं । कीर्तिपुरमा लाेकल युथ नेपालकाे आयोजनामा जेन-जी आन्दोलनमा सहादत हुनु भएका बीर शहिदहरूकाे आत्माको चीर शान्तिका साथै घाइतेहरूकाे शिघ्रस्वाथ्य लाभकाे कामना गरि साेमबार दिपप्रवजलन तथा श्रद्वाञ्जली सभा गरिएकाे छ ।
कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव मन्दिर नजिकैकाे प्रजादबूमा आयोजित दिप प्रज्वलन श्रद्धाञ्जली कार्यक्रममा स्थानीयहरू तथा युवाहरुले बाक्लाे उपस्थिति जनाइएको कार्यक्रममा बीर सहिदहरूकाे उच्च सम्मानका साथ एक मिनेट मौन धारण बसेको थियो ।
लाेकल युथ नेपालका अध्यक्ष रबिन महर्जनले कीर्तिपुरकाे टाउन प्लानिंगमा निघार्त कुतपिटकाे घटना सामाजिक सञ्जाल मार्फत बाहिरिएकाे बताउँदै उनले देश अहिले जटिल अवस्था रहेकाेले हामी सबै मिलेर आ-आफ्नो सुरक्षा आफैले पर्ने धारणा राखे ।
गत भाद्र २३ गते, भाद्र २४ गते भएको जेन-जीको आन्दोलन शान्तपूर्वक अगाडि बढिरहेकाे भिडमा गोली प्रहारबाट ७२ जनाले सहादत प्राप्त भएको मध्ये कीर्तिपुर नगरपालिकाकाका विपिन तामांगसमेत रहेकाे थियाे ।
नेपाली राजीनितिमा सुधार हुनु पर्छ, देश भष्ट्राचार मुक्त हुनु पर्छ भन्ने ध्येयका आधारमा आन्दोलन सुरु युवाहरु विदेश पलायन हुन नपरोस् गरि खाने हात देशमै दश नंग्रा खियाउन पाओस् भनेर जेएन-जी आन्दोलनको शुरुवात भएको थियो ।
कार्यक्रम संचालक सरिस महर्जनलेबीर शहिदको रगत शुक्न नपाओस्, अहिले भखर्रै प्रधानमन्त्रीको कार्यकाल सफलताको कामनाका साथै आगामी फागुनमा हुने चुनाव सफलता पूर्वक सम्पन हाेस् कामना गरे ।
उनले थप्दै भन्नु भयो ‘आइ हेट पोल्टिक्स भन्दा पनि आई क्लिन पोल्टिक्स भनाईका साथ अगाडि बढ्नु पर्ने धारणा राखे । आगामी चुनावमा उठ्ने उम्मेदवारहरुको पुर्ण जानकारी लिएर, सम्पत्ति बिबरण लिनुपर्ने जसबाट भष्ट्राचार उन्मुलन हुने आशा व्यक्त गरे । साथै आगामी चुनावमा मासु भातमा नभई असल नेता चुनेर जिताएको खण्डमा हाम्रो देश विकास हुने जनाउँदै कार्यक्रम सम्पन्न गरे ।



