सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोडबाट वन डिभिजन कार्यालयमा ठुलो क्षति

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोडबाट वन डिभिजन कार्यालयमा ठुलो क्षति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कल्याणपुर । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट वन डिभिजन कार्यालय सप्तरी राजविराजमा ठुलो क्षति भएको छ ।

भदौ २४ गते जेनजीले गरेको प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट कार्यालयको भवनसहित कागजात र जिन्सी सामान जलेर नष्ट हुँदा ठुलो क्षति भएको हो ।

आगजनी, तोडफोड र लुटपाटबाट एक करोड ७१ लाख ८१ हजार नौ सय ४० रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वन डिभिजन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

उहाँले ७० लाख रुपियाँ बराबरको भवन पूर्ण रुपमा जीर्ण बनेको र त्यस ठाउँमा कार्यालय सञ्चालन गर्ने अवस्था समेत नरहेको बताउनुभयो ।

“करिब ७० लाख बराबरको कार्यालयको भवन मात्र जीर्ण बनेको छ, कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको छ ।’’ डिभिजन प्रमुख दासले भन्नुभयो ।

प्रदर्शनकै क्रममा कार्यालय भवनमा आगजनी हुँदा अधिकांश सामग्रीका साथै कार्यालयमा रहेका कागजात पनि जलेर नष्ट भएको छ ।

कार्यालय पूरै जीर्ण अवस्थामा पुगेकोले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज – ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको दासले बताउनुभयो । “तीन–चार दिनभित्र नयाँ स्थानबाट नियमित सेवा सुरु गरिने गरी काम थालेका छौं ।’’ दासले भन्नुभयो ।

लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा राजविराज स्थित बढी क्षति पुगेको कार्यालयहरु मध्ये वन डिभिजन पनि बढी प्रभावित रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

४८ मिनेट अगाडि
रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक