मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्टार अस्पतालका कर्मचारी पारिश्रमिक नपाएर आन्दोलनमा

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
स्टार अस्पतालका कर्मचारी पारिश्रमिक नपाएर आन्दोलनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। सानेपास्थित स्टार अस्पताल लिमिटेडका चिकित्सक तथा कर्मचारीहरूले करिब एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिएका छन्।

कर्मचारीहरूले २०८२ साउन २६ गतेदेखि सुरु गरेको आन्दोलन निरन्तर चलिरहेको छ। उनीहरूले विभिन्न तहका छलफल र श्रम कार्यालयमार्फत भएका लिखित सहमतिहरू समेत व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै न्यायप्रेमी जनसमुदाय, राजनीतिक दल तथा मानव अधिकारवादी संस्थासँग समस्या समाधानका लागि पहल गर्न अपिल गरेका छन्।

कर्मचारीहरूको भनाइ अनुसार चिकित्सकलाई एक वर्ष, अन्य कर्मचारीलाई छ महिनादेखि पारिश्रमिक दिइएको छैन। साथै, कर्मचारी सञ्चय कोषमा १५ महिनादेखि, नागरिक लगानी कोषमा ६ महिनादेखि रकम जम्मा गरिएको छैन। त्यस्तै, टिडिएस कर दुई वर्षदेखि नबुझाइएको, मोर्डन टेक्निकल कलेजका कर्मचारीलाई एक वर्ष र स्टार नुवाकोट अस्पतालका कर्मचारीलाई आठ महिनादेखि पारिश्रमिक नदिइएको गुनासो उनीहरूको छ।

यसअघि श्रम कार्यालय, टेकुमा विभिन्न मितिहरूमा निवेदन पेश गरेपछि कार्यालयको तर्फबाट चरणवद्ध छलफल गराइएका थिए। मिति २०८१–९–३ गते र २०८२–२–१३ गते गरी दुई पटक लिखित सहमति भएको थियो। तर व्यवस्थापनले ती सम्झौता पालना नगरेपछि श्रम कार्यालयले २०८१–१२–२८ गते निर्णय गर्दै स्टार अस्पताल लिमिटेडको बैंक खाता रोक्का, अचल सम्पत्तिको कारोवार रोक्का, शेयर खरिदबिक्री रोक्का, नामसारी, अध्यावधिक लगायतका कारोवारसमेत रोक्का गरेको थियो।

यसपछि व्यवस्थापकले खराब नियत राखी रोक्का भएको खाता मात्र खुलाउने उद्देश्यले किस्ताबन्दीमा भुक्तानी दिने भनी २०८२–२–१३ गते पुनः त्रिपक्षीय सहमति गरे पनि सो सहमति समेत कार्यान्वयन नगरेको कर्मचारीहरूको आरोप छ। उनीहरूको भनाइअनुसार, संस्थालाई बचाउने जिम्मेवारीपूर्वक कर्मचारी पक्षले खाता खुलाउन पहल गरेका थिए तर खाता खुलेपछि व्यवस्थापकले सहमति अनुसार पारिश्रमिक नदिएपछि व्यवस्थापनको नियत नै खराब भएको बताएका छन्। ‘हामीलाई आन्दोलन गर्न रहर थिएन, तर व्यवस्थापनको गैरजिम्मेवार व्यवहारले बाध्य बनायो,’ आन्दोलनरत कर्मचारीहरूले विज्ञप्तिमा बताएका छन्। उनका अनुसार, विभिन्न मितिहरूमा पटक–पटक छलफल हुँदा पनि व्यवस्थापनले गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुँदै समस्या समाधानमा चासो नदेखाएको छ। उनीहरूले काम गरेको पारिश्रमिक लिन व्यवस्थापकको शर्त अनुसार वार्ता गर्नुपर्ने जस्तो गैरजिम्मेवार प्रवृत्तिबाट आफूहरू दुःखी भएको बताएका छन्।

कर्मचारीहरूले व्यवस्थापनले तत्काल पारिश्रमिक र अन्य सुविधा भुक्तानी नगरेसम्म शान्तिपूर्ण संघर्ष जारी रहने चेतावनी दिएका छन्। संघर्ष समितिले आन्दोलनका कार्यक्रम क्रमशः सार्वजनिक गर्ने जनाएको छ। समस्या समाधान हुने गरी व्यवस्थापक प्रस्तुत भएमा वार्तामा सहभागी हुन आफूहरू सधैं तयार रहेको र वार्ता–छलफलमार्फत समाधान खोज्ने पक्षमै रहेको कर्मचारीहरूले स्पष्ट पारेका छन्।

यो पनि पढ्नुहोस्

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

९ मिनेट अगाडि
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा 

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा 

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक