सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रविलाई कारागारबाट निकाल्ने प्रक्रियामा गडबडी नभएको स्पष्ट

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
रविलाई कारागारबाट निकाल्ने प्रक्रियामा गडबडी नभएको स्पष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई कारागारबाट निकाल्ने प्रक्रियामा कुनै गडबडी नभएको स्पष्ट पारेका छन् ।

उनले लामिछानेलाई कारागारले नै बाहिर निकाल्न आग्रह गरेको र त्यसमा सबै सुरक्षा निकायसँग निरन्तर समन्वय भएको बताएका हुन् ।

अर्यालका अनुसार कारागारबाट निस्कने बेला उपस्थित साक्षी आफैँ भएको र सम्बन्धित पत्र आफ्नो अगाडि नै हस्ताक्षर भएको हो । ‘पत्र फेक होइन, हतारमा व्यहोरामा तलमाथि भएको हुनसक्छ। मिति सच्याइएको भए पनि हस्ताक्षर र छाप त्यहीँ छ । यस्ता पत्रहरू कम्प्युटरमा टाइप हुँदा अघिल्लो विवरण डिलिट नभएको हुनसक्छ,’ उनले भने ।

उनले पार्टी सभापति लामिछानेलाई यसबारे कुनै जानकारी नदिइएको भन्दै उनले भने, ‘सभापतिज्यूलाई दोष दिन मिल्दैन। उहाँले केवल पत्र माग्नुभएको हो, हामीले सुरक्षासम्बन्धी निकायसँग समन्वय मात्र गरेका हौँ ।’

अर्यालले लामिछानेको सुरक्षालाई आफूले पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘यदि १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो। समयमै निकालिएको नभए ठुलो जनधनको क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ ।’

उनले कारागारको अवस्था जटिल भएकाले सिडिओ र जेलरसँग निरन्तर सम्पर्कमा बसेर अघि बढिएको बताए। ‘दुनियाँले देखेको छ, सभापति भाग्नुभएको होइन। हामी लगातार सुरक्षा निकायसँग समन्वयमा छौँ। आज पनि उहाँ कारागार जान निस्कनुभएको थियो तर मैले पहिला अवस्थाबारे बुझ्नुपर्ने भएकाले रोकिएको हो,’ उनले थपे ।

व्यक्तिगत बदनामीमा नलाग्न आग्रह गर्दै अर्यालले मुलुकको जटिल राजनीतिक अवस्थातर्फ ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा

१ घण्टा अगाडि
आज देशभरि नागपञ्चमी

आज देशभरि नागपञ्चमी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक