मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालीको सुदुर भबिष्यका बारेमा सोच्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
नेपालीको सुदुर भबिष्यका बारेमा सोच्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल र नेपालीको सुदुर भबिष्यका बारेमा सोच्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखको छन्, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृतीहरुका बारेमा नागरिक तहमा प्रश्नहरु उठ्नु, त्यसप्रति असहमती जाहेर हुनु, खबरदारी गर्नु, बिरोध वा आलोचना हुनु वा सरकारप्रति नै अरुची प्रकट भइ नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो ।

तर, लोकतान्त्रिक हकको उपयोग गर्दैगर्दा न्युनतम कर्तब्य, जिम्वेबारी र राष्ट्रप्रतिको जवाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्ने उनको भनाइ रहेको छ ।

‘निरंकुशता र अधिनायकवादका बिरुद्ध लोकतन्त्रका लागी जिवनभर लडेका राजनितिक दलहरु र नेतृत्वका लागी सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरु होइनन, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने बिषयहरु हुन’ उनले लेखेका छन्।

मुख्य वा महत्वको कुरा मुलुकको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा तथा संवैधानिक प्रबन्धहरुको जिवन्तता भएको उनले बताएका छन् ।

संसदबाट लोकतान्त्रिक बिधिमार्फत बनेको सरकारले जेनजी पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्ग प्रसस्त गरिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसदको अंकगणित बमोजिम सरकार निर्माण हुने र बिघटन हुने बिषय स्वभाबिक र नियमित प्रकृया नै हो ।’

संसदले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्ने उनको आग्रह छ । यसको पहल र समन्वय राष्ट्रपतिबाट शिघ्रातिशिघ्र हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘मुलुकमा सिर्जना हुने हरेक राजनितिक घटना र प्रश्नहरुको निरुपण तथा समस्याको वैध र सर्वस्विकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।’

क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालिन सोचबाट नभएर देशको संविधान, मुलुकले अवलम्बन गरिरहेको ब्यवस्था र प्रणाली बाट मात्रै देशको सुन्दर भबिष्य निर्माण गर्न सकिने उनको विश्वास छ ।

‘यसबाट मात्रै हाम्रो अग्रजहरुले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधिनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौ’ उनले भनेका छन् ।

तर, व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको उनको भनाइ छ ।

‘यतिबेला हामी र हाम्रो राष्ट्रकाबिरुद्ध संविधान, ब्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरि भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्ने तर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदुर भबिष्यका बारेमा सोचौं’ उनले लेखेका छन्, ‘इगोका आधारमा आफ्ना आफ्ना नीजि मामिलाहरुका बारेमा होइन ।’

यो पनि पढ्नुहोस्

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

२ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक