काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् ।
भ्रष्टाचार विरोधी तथा सामाजिक सञ्जालको प्रतिबन्द फुकुवाको माग सहितका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन् ।
धेरै युवाहरु कलेज तथा स्कुल पोसामा उपस्थित भएका छन् । साथै उनीहरुको समर्थनमा जेन जी पुस्ता बाहेकका युवाहरुको पनि ठुलो संख्यामा उपस्थित सुरु गरेका छन् ।


