काठमाडौं । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
पोखराको शहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक) पश्चिमतर्फ फिस्टेल गेट(वैदाम) उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।



