काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले कारगारबाट आन्दोलनमा होमिन लागेका जेन जीहरुलाई सन्देश पठाएका छन् । कारागारबाटै सन्देश पठाउँदै शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गरेका छन् ।
उनले आजकाे आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै सचेत हुन भनेका छन् । त्यस्तै उनले शासकहरुले कहिल्यै विधि र विवेकको शासन नदिएको र अहिले खुसी र दुस्ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेको जनाएका छन् ।
उनले लेखेका छन्, ‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुस्ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । याे इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’


