काठमाडौं । नेपाल एएफसी यू–२३ एसिया कप छनोटमा लगातार दोस्रो हार भएपछि छनाैट हुने सम्भावना समाप्त भएकाे छ ।
शनिबार ताजकिस्तानमा भएको छनोट खेलमा सिरियाले नेपाललाई ४–२ ले पराजित गरेसँगे नेपालले दोस्रो हार बेहोरेको हो ।
मोहम्मद अलमुस्ताफाको गोलमा सिरियाले २६ औं मिनेटमा अग्रता लिएको थियो । निराजन धामीले ५६ औं मिनेटमा नेपाललाई बराबरीमा ल्याए । सुमित श्रेष्ठले ६६ औं मिनेटमा गोल गर्दै नेपालले अग्रता दिलाएका थिए । अली अलरिनाले ७२ औं मिनेटमा गोल गरेर सिरियालाई २–२ को बराबरीमा ल्याएका थिए ।
सिरियाका लागि कप्तान मोहम्मद अलासवादले ८१ औं मिनेटमा तेस्रो र मोहम्मद नायेफले ९० औं मिनेटमा चौथो गोल गरेसँगै सिरियाले खेल जितेको हो । समूह ‘के’ मा रहेको नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा फिलिपिन्सको सामना गर्नेछ । अघिल्लो खेलमा फिलिपिन्स पनि सिरियालसँग २–१ ले पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो ।


