खोलामापदण्डविरुद्धको प्रर्दशनीको तयारीका लागि चन्द्रागिरी नगरपालिकामा मंगलबार प्रचारप्रसार गरेका छन् ।
खोलामापदण्डको विरुद्धको प्रदर्शनको तयारीको प्रचारप्रसारको शिलासिलामा चन्द्रगिरि नगरपालिका अन्तर्गको विष्णुदेवी मन्दिर, मच्छे गाँउ भाद्र २६ गते प्रर्दशनीको लागि पर्चा बाडेर प्रचार गरेका थिए ।
खोला मापदण्डको विरुद्धदमा अभियान्ता राजाराम तन्दुकारले ‘म खोला मापदण्ड पीडितहरुलाई साथ दिनका लागि आएको हुँ । खोला मापदण्ड जुन किसिमले आएको छ गलत ढंगले आएको छ । यो जनतालाई विस्थापन गराउनका लागि आएको नीति भएको हो । यो खोला मापदण्ड खारेजी हुनै पर्छ भन्ने आन्दोलन अभियानमा विगत १३ महिनादेखि निरन्तर रुपमा लागि रहेको छु ।
उनले थप्दै भन्नु भयो भाद्र २६ गते यसको पेशी पनि रहेको छ । यसको मुद्धा पुनरावलोकनमा गएको छ । पेशी पनि रहेको हुनाले सो दिन विहान ८ः३० बजे कुपण्डोल बाग्मती पुल मुनि जम्मा भएर ९ बजे विरोध ¥याली निकाल्ने कार्यक्रम रहेकाले त्यसको प्रचार प्रसारका लागि आएको जनाए ।
खोला मापण्डको सवालमा पीडितहरु धेरैलाई थाहौ नभएको कुरा भएको छ । प्रदेश सरकार, संघीय सरकार तथा प्रदेश सरकारलाई समेत सही सुचना नदिएको अवस्था छ । त्यसैले म खोला मापदण्ड पिडितहरुलाई साथ दिन हिडिरहेको छु । खोला मापण्डदण्डको कुरा गर्ने हो भने वि.सं. २०६५ सालमा मन्त्रीपरिषद्ले केही मुख्य खोला र राज कुलोहरुमा २० मिटर देखि ४० मिटरसम्म बढाउने निर्णय गरिएको जनाए ।


