शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

६ हजार श्रमिक सर्वेक्षणको निष्कर्ष : ‘प्रवासी नेपाली मतदान गर्न आतुर, दलहरू अनिच्छुक’

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
६ हजार श्रमिक सर्वेक्षणको निष्कर्ष : ‘प्रवासी नेपाली मतदान गर्न आतुर, दलहरू अनिच्छुक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विदेशमा रहेका नेपालीहरूहरू नेपालमा मतदान गर्न आतुर रहेको पाइएको छ । प्रवासबाट मतदानको अधिकार (आउट अफ कन्ट्री भोटिङ/ओसीभी) का विषयमा श्रमिक सञ्जालले गरेको सर्वेक्षणमा विदेशमा रहेका नेपालीहरू मतदान गर्न आतुर रहेको पाइएको हो ।

१४ जुलाई २०२४ देखि ७ सेप्टेम्बर २०२४ सम्म मलेसिया तथा खाडी मुलुकका ६ हजार ४७५ जना नेपालीमा सर्वेक्षण गरिएको थियो । उनीहरूमा नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन प्रवल इच्छा रहेको देखाएको हो ।

कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन, ओमान र मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरिएको थियो । सर्वेक्षणमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला सहभागी थिए । सर्वेक्षणमा सहभागीमध्ये ९५ प्रतिशत भन्दा बढी सहभागीहरू उच्च शिक्षा भन्दा कम स्तरको शिक्षा प्राप्त गरेका थिए ।

ठूलो संख्याका उत्तरदाताहरूले नेपालको मतदाता सूचीमा आफ्नो नाम छ वा छैन भन्ने बारे ‘थाहा थिएन’, भन्ने जवाफ दिएका थिए । सर्वेक्षणका क्रममा सर्वोच्च अदालतको आदेशबारे जानकारी छ वा छैन भन्ने विषयमा समेत सोधिएको थियो । जसमा ६८ प्रतिशतले विदेशबाट मतदानको अधिकारबारे सर्वोच्चको आदेशबारे जानकारी नभएको बताएका थिए ।

सर्वोच्चको आदेशबारे कम जानकारी भएपनि, ५० प्रतिशतभन्दा बढी उत्तरदाताहरूले अवसर पाएमा मतदान गर्ने जवाफ दिएका थिए । मतदान गर्न चाहनुका मुख्य कारणहरूमा ‘लोकतान्त्रिक अधिकारको संरक्षण’, ‘आप्रवासी कामदारहरूलाई असर गर्ने विदेश नीतिको चिन्ता’, ‘घर र यसको राजनीतिक विकाससँगको सम्बन्ध’, ‘डायस्पोरा प्रतिनिधित्वको महत्वमा विश्वास’, र ‘नेपालको राजनीतिक प्रक्रियामा योगदान गर्ने इच्छा’ समावेश थिए ।

निर्वाचन प्रणालीको प्राथमिकताका विषयमा सोधिएको प्रश्नमा समानुपातिक प्रतिनिधित्वको सट्टा ‘प्रत्यक्ष निर्वाचन’ मार्फत् संघीय संसदीय निर्वाचनमा मतदान गर्ने जवाफ दिएका थिए ।

सर्वेमा सहभागी ७० प्रतिशतभन्दा बढी उत्तरदाताहरूले २०६५ देखि २०७८ सालसम्म कुनै पनि नेपाली निर्वाचनमा कुनै पनि प्रकारको सहभागिता नजनाएको बताएका थिए । यद्यपि, लगभग ५० प्रतिशतले ‘आफ्ना परिवारका सदस्यहरूलाई कुनै निश्चित दल वा उम्मेदवारलाई मतदान गर्न सिफारिस गरेको’ जवाफ दिएका थिए ।

७८ प्रतिशत भन्दा बढीले विदेशबाटै भोट गर्न पाउने व्यवस्थामा सहमति जनाएका थिए । ९० प्रतिशत भन्दा बढीले ‘इलेक्ट्रोनिक/इन्टरनेट भोटिङ’ मार्फत मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसरी प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाटै मतादन गराउने विषयमा ‘गन्तव्य देशको कानुनी बाधा वा प्रतिबन्धहरू’ ‘प्राविधिक चुनौतीहरू’ र ‘मतदान प्रक्रियाबारे जानकारीको अभाव’ जस्ता चुनौती देखिएको श्रमिक सञ्जालले जनाएको छ ।

सर्वोच्चको आदेश, राज्यको उदाशिनता

लामो समयदेखि विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनुपर्छ भन्ने बहस चलिरहेको छ । सर्वोच्च अदालतले समेत यस विषयमा सरकारलाई कानुन बनाउन आदेश दिएको छ, तर अहिलेसम्म यसले पूर्णता पाउन सकेको छैन ।

२०७४ चैत ७ गते सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने गरी कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

आदेश कार्यान्वयनमा नल्याएपछि फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको थियो ।

 

सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ल्याएको छ । विधेयकको दफा २०४ मा विदेशमा रहेका मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ । जसमा मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुकको लागि तोकिएको नेपाली कुटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने भनिएको छ ।

 सूचना प्रविधि (अनलाइन) को प्रयोग गरी मतदान गर्दा वा गराउँदा मतदाताले गरेको मतदानको गोपनीयता भंग हुँदैन भन्ने कुरामा आयोग विश्वस्त भएमा त्यस्तो प्रविधि बमोजिम निर्वाचनमा मतदान गराउन बाधा नपर्ने उल्लेख छ ।

समानुपातिक प्रतिनिधित्वका लागि मात्रै उनीहरूले नेपाली कूटनीतिक नियोगहरू मार्फत मतदान गर्ने व्यवस्था राख्न लागिएको छ ।

श्रमिक सञ्जालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार हुनुपर्छ भनेर वकालत गर्दै आएको छ । श्रमिक सञ्जालका सह–संस्थापक भीम श्रेष्ठले सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले सोहीअनुसार ऐन संशोधन विधेयक तयार पारेको तर, हालसम्म पनि यो विषय अघि बढ्न नसकेको बताए ।

प्रमुख राजनीतिक दलहरू यो विषयमा तयार नहुँदा कानुन बनेर कार्यान्वयनमा जान नसकेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

५५ मिनेट अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

वर्षौंदेखि विदेशमा काम गर्ने र बस्ने नेपाली नागरिकहरूले आफ्नो मतदानको अधिकारको वकालत गर्दै आएका छन् । जसले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

यस सर्वेक्षणमा सर्वोच्चको आदेशको लागि मूल सार्वजनिक सरोकारको मुद्दा दायर गर्ने अनुज तिवारी र अनुराग देवकोटा लगायतका कानूनी विज्ञहरूसँगको सहकार्यमा गरिएको थियो । प्रमुख अनुसन्धानकर्ता अनुज तिवारीले अहिलेसम्म आदेश कार्यान्वयनमा जान नसकेको बताए ।

‘सर्वोच्च अदालतले यसमा निर्णय गरिसकेको छ, र निर्वाचन आयोगलाई यसलाई राम्रोसँग लागू गर्न निर्देशन पनि दिएको छ, तर अझैसम्म यो हुन सकेको छैन,’ तिवारीले भने ।

सर्वेक्षणको उद्देश्य विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारबारेको धारणा, सर्वोच्च अदालतको आदेशबारे उनीहरूको जानकारी, र उनीहरूको सहभागिताले राष्ट्रिय राजनीतिमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।

अनुसन्धानकर्ताहरूले आप्रवासी कामदारहरूको मृत्यु (प्राय: उचित अनुसन्धान बिना ‘प्राकृतिक कारण’), शव स्वदेश फिर्तीमा ढिलाइ, र हजारौं नेपालीहरू विदेशी जेलमा बन्दी हुनु जस्ता कारणपछि यो विषयमा अघि बढेको देवकोटाको भनाइ छ ।

नेपालको वैदेशिक रोजगार ऐनले मुख्यतया आप्रवासनको ‘प्रेषक’ पक्षमा ध्यान केन्द्रित गरेको, तर कामदारको कल्याण, अधिकार, वा फिर्ती र पुन: एकीकरणका लागि कम प्रावधानहरू रहेको श्रेष्ठले औंल्याए ।

अनुसन्धानकर्ताहरूका अनुसार सर्वोच्चको आदेशले मतदानलाई सबै योग्य नेपाली नागरिकहरूको ‘नैसर्गिक अधिकार’ को रूपमा पुष्टि गरेको छ, उनीहरूको स्थानको प्रवाह नगरी, र राज्यले नागरिकहरूलाई उनीहरूको मतदान अधिकारबाट वञ्चित गरेर ‘क्लस्टर’ गर्न नसक्ने श्रेष्ठको भनाइ छ ।

नेपालका प्रमुख राजनीतिक दलहरू यो विषय लागू गर्न अनिच्छुक देखिन्छन् । राजनीतिक नेताहरूसँगको अनौपचारिक छलफलमा स्थापित दलहरूले विदेशबाट हुने मतदानलाई आफ्नो भोट बैंकका लागि सम्भावित रूपमा ‘हानिकारक’ मानेको देखिन्छ ।

यसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा राजतन्त्रवादी जस्ता नयाँ दलहरूलाई शक्ति प्रदान गर्न सक्नेतर्फ प्रमुख दलको चिन्ता रहेको अनुसन्धानकर्ताहरूको बुझाई छ ।

फिलिपिन्सको मोडल, जहाँ सरकारले डायस्पोराका मतहरूको आधारमा राजनीतिक दलहरूलाई प्रोत्साहन दिन्छ, यस्तो प्रणालीले घरेलु राजनीतिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने उदाहरणको रूपमा प्रस्तुत गरिएको थियो ।

कृष्णसिंह धामी online khabar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक