आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 युक्रेनले रुसमाथि ड्रोन आक्रमण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
 युक्रेनले रुसमाथि ड्रोन आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

किएभ । युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबीच तत्काल कुनै बैठक नहुने घोषणा रुसले गरेपछि शुक्रबार शान्ति सम्भावना कमजोर भएको थियो ।

साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । सङ्घर्ष अब गतिरोधमा पुगेको देखिए पनि रुसले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

युक्रेनले आइतबारको नयाँ आक्रमणमा रूसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुस्र्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो । आक्रमणपछि विस्फोट र आगलागी भयो । तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँहरू गम्भीर जोखिम भएको चेतावनी दिँदै आएको छ ।

रूसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन् । फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रूसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत जनाए ।

विशेषगरी रुसको तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको युद्धका लागि आवश्यक आम्दानीमा प्रहार गर्ने उद्देश्यले युक्रेनको सानो तर लडाइँमा प्रतिबद्ध सेना ड्रोनमाथि ठूलो भर परिरहेको छ । युद्ध सुरु भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ ।

यसैबीच युक्रेनले रुसले रातभर ब्यालेस्टिक मिसाइल र ७२ इरानी निर्मित ‘साहेद’ ड्रोन आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमणमा युक्रेनी हवाई सेनाले ४८ वटा खसालेको बताइएको छ । रूसी ड्रोन आक्रमणमा पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रमा ४७ वर्षीया महिलाको मृत्यु भएको गभर्नरले जनाएका छन् ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबीच मनाएको छ ।

‘युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्’, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने, ‘आज अमेरिका र युरोप दुवै सहमत छन् : युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन । युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ । युक्रेन पीडित होइन; यो लडाकू राष्ट्र हो ।’

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि किएभमा पुगेर ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति’ को माग गर्दै ऐक्यबद्धता जनाएका छन् ।

जेलेन्स्कीले ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती राजा चाल्र्स र पोपलगायत अन्य विश्व नेताहरूले पठाएका सन्देशप्रति आभार व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

२ घण्टा अगाडि
शिक्षामंत्री लखेटिएको घटना के हो ?

शिक्षामंत्री लखेटिएको घटना के हो ?

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक